

यसअघि अस्ट्रेलियाको नाममा रहेको सबैभन्दा ठूलो बिकिनी परेडको किर्तिमान अमेरिकाले भंग गरेको हो । अमेरिकाको फ्लोरिडास्थित पनामा सामुदि्रक किनारामा हालै ४ सय ५० जना तरुनीहरु बिकिनीमा सजिएर जुलुस निकाली किर्तिमान कायम गरेका हुन् । यसअघि अस्ट्रेलियामा गएको वर्ष ३ सय ५७ जना महिलाहरुले बिकिनी परेड आयोजना गरी किर्तिमान राखेका थिए ।
पनामा बिचमा बिकिनी परेडमा सहभागि महिलाहरुले अमेरिका जिन्दावाद भन्ने नारा लगाइरहेका थिए । जुलुसले झण्डै १ माइल यात्रा तय गरेको थियो । ऐतिहासिक जुलुसमा सहभागि महिलाहरुले आफुले निकै ठूलो काम गरेको भन्दै खुसी व्यक्त गरे ।
No comments:
Post a Comment