Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

Deepashikha Khadka Nepali Hot Model Photos


Deepashikha Khadka, Nepali Female model, Nepali Models, Nepali sexy Actress and Model photos, nepali sexy girl, nepali sexy girl photo, 

Jenisha K.C. Nepali Hot Model Photos









विश्वका चर्चित ५ प्रेम प्रसँग


भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेत दाउमा राखे । त्यहीँ त्याग र समर्पणका कारण उनीहरु अमर प्रेमी बने प्रेमजोडीहरुले अहिले पनि सम्भिmरहन्छन् र आफुहरुको प्रेमसँग तुलना गर्छन् । त्यस्ता अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-
एन्टोनी र क्लियोपेट्रा
इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी समर्पणको उच्चनमुना मानिन्छ । इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन् उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो जसबाट मै हुँ भन्ने पुरुषसमेत हायलकायल हुन्थे । उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए । उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक जनरल मार्कससँग मिलेर सासन चलाउन थाले । सत्ताका सर्वेसर्वा रहेका एन्टोनीले इशापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे । आखिर क्लियोपेट्राको सोही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो । एन्टोनी प्रेममा यति पागल बने कीउनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्ट आए । एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनी विवाह गरिसकेका थिए । त्यसैले बहिनीज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्रा विरुद्ध युद्ध घोषणा गरे । आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रुपमा अघि बढ्यो र त्यसमा इजिप्टले हार्यो र एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे । उनीहरुलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो खबर सुनाइयो । प्रेमिकाको मरणको खबर सुन्ननसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमा तरबार घोँचे । मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि जेलमालगियो जहाँक्लियोपेट्रा थिइन् । एन्टोनीले जेलमै क्यिलोपेट्राको काखमाअन्तिम स्वास फेरे । प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले कोहीव्यक्तिमार्फत जेलमाविषालु सर्प मगाइन् । उक्त सर्पलाई आफ्नो छातिमा राखेर डसाइन् र मृत्युवरण गरिन् । त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव गाडेको ठाउँमै लगेर गाडियो ।
नेपोलियन र जोसेफाइन
फ्रान्सका सासक नेपोलियन बोनापार्ट र एकजना सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय छ । नेपोलियन जब सेनाको सामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२ वर्षकीविधुवाजोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन् १९७६ मा उनीहरुको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन् । श्रीमतीको बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियनआगो भए र डिभोर्सको प्रस्ता गरे तर जोसेफाइनले गल्तीको लागि माफी मागिन् र तत्कालकालागि सम्बन्ध विच्छेद हुनपाएन । जब नेपोलियन सन् १८०४ मा प|mान्सको सर्वोच्च सासक बने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो । तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन र उनीहरुबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्टि्रयाकी म्यारीसँग विवाह गरे र छोरो पनि पाए । तर दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिगि्रन थाल्यो । उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुपर्यो । जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी व्यक्तित्व नेपोलियनले जोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए । तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो ।
जार निकोलस द्धितिय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर दुबैप्रेम गहिरो प्रेम बस्यो र एकअर्कामा छुटिन नसक्ने अवस्थामा पुगे । उनीहरुबीच सन् १८९३ माइन्गेेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रुसका राजा बने । राजगद्धी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्धितियको विवाह भयो । तर विवाहपछि जार निकोलस रानीअलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताप्रति ध्यान दिन छाडे । फलतःजनतामा असन्तुष्टी बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राज दम्पत्तीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए । रुसी जनताले साइबेरिया भागेका जार निकोलस र रानीअलेक्जेन्ड्रा लगायतअन्य राजपरिवारलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा सबै राजपरिवारको हत्या गरे । यसले जार निकोलसको प्रेम कहानीमात्र सकिएन रुसमा सदियौँदेखिको जार शासनपनि समाप्त भयो ।
राजकुमार इडवार्ड र वालिस
बेलायती वेल्सका राजकुमार इडवार्ड र अमेरिकी महिला वालिसको प्रेमप्रसँग पनि निकै चर्चित छ । इडवार्डले वालिसको प्रेमकालागि राजगद्धी नै त्यागेका थिए । विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए । राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहितसँग प्रेम गर्नु सामान्य कुरा थिएन । त्यो प्रेम प्रसँगले बेलायती संसदमै ठूलो हंगामा मच्चाएको थियो । बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा त बने तर राजा रहिरहनको लागि उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो । इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम रोजे र रेडियोमार्फत राजगद्धी त्यागेको घोषणा गरे ।
भोल्तेयर र इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर र सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेम सम्बन्ध पनि निकै चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो र दुबैजना सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयरबीचको प्रेम सम्बन्ध बौद्धिक र दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो ।