Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

विज्ञानले स्वीकारेका हिन्दू धर्मका केही अन्धविश्वास

myth to science

एजेन्सी-
हिन्दू धर्मका कतिपय चलनहरुलाई अन्धविश्वासको रुपमा लिइदै आएको छ । विज्ञानको विकाससँगै हिन्दू धर्मका कतिपय चलनहरुलाई विज्ञानले पनि स्वीकार गर्दै आएको छ । प्राचीन कालमा हाम्रा पुर्वजहरुले मानेका सामान्य कुराहरु पनि वैज्ञानिक रुपले मानिसको मस्तिस्क र स्वास्थको लागी फाइदाजनक रहेको प्रमाणित भएका छन् ।
कतिपय मानिसलाई उनीहरुले पालना गर्दै आएको चलनको अर्थ थाहा नभएता पनि पुर्वजहरुले मान्दै आएको संस्कार त्याग्नु हुन्न भन्ने विश्वासमा अढेर निरन्तरता दिँदै आएका छन् । प्राचीन ऋषिहरुले भगवान र धर्मसँग जोडेर वैज्ञानिक कुरालाई सामान्य मानिसहरुबीच नियमको रुपमा स्थापित गरिदिए, जुन विस्तारै चलन हुदै संस्कृतिको रुपमा चिनिदै गयो । हिन्दू धर्मका यिनै कतिपय चलनहरु वैज्ञानिक रुपमा पनि राम्रो रहेको वैज्ञानिकहरु बताउँछन् । ति मध्ये वेदमा उल्लेख गरिएका र विज्ञानले पनि पुष्टि गरेका केहि चलनहरुः
१. दुवै हात जोडेर नमस्ते गर्नु
myth to science
हिन्दु धर्ममा दुवै हात जोडेर नमस्ते गर्ने चलन छ । यसको सामान्य अर्थ एक अर्कालाइ सम्मान गर्नु हो । तर, वैज्ञानिक रुपमा दुवै हातका औँला जोडेर नमस्कार गर्दा,मानिसको औँलाको टुप्पो जोडिँदा हाम्रो शरीरको इन्द्रिय सक्रिय हुन्छ । जसले सुन्न, देख्न र ध्यान केन्दि«त हुन मद्धत गर्दछ र लामो समयसम्म त्यो मान्छेको याद ताजा बन्दछ । नमस्कार गर्दा शारीरिक मेल नहुने हुदाँ हातको किटाणु पनि नसर्ने हुनाले रोगबाट पनि टाढा रहिन्छ ।
२.पानीमा सिक्का फाल्नु
myth to science
हामीले कतिपय मन्दिरमा सिक्का फाल्दा कुनै निस्चित ठाँउमा प¥यो भने भाग्य बलियो हुन्छ भन्ने सुनेकै छौ र कति मन्दिरमा भाग्य बलियो बनाउन सिक्का पटक–पटक फालेकै पनि छाँै । तर, वैज्ञानिक रुपमा हेर्ने हो भने मानिसको शरीरमा तामा अत्यावश्यक धातु हो । पहिलेका सबै मानिस खोलाको पानीमा नै भर पर्ने र सिक्का पनि सबै तामाकै हुने हुँदा ऋषिहरुले भगवानसँग जोडेर तामाको सिक्का पानीमा फाल्ने चलन राखिदिएको हुन सक्छ ।
३. मन्दिरको ढोकामा घण्टी हुने
myth to science
मन्दिरमा भित्र पस्दा हामी घण्टी बजाएर मात्र भित्र पस्दछौँ । शास्त्रले भन्छ– ‘घन्टी बजाउँदा दुष्ट शक्तिहरु टाढा हुन्छन् र भगवान आनन्दित हुन्छन् ।’ तर, वैज्ञानिक रुपमा हेर्ने हो भने घण्टी बजाउँदा घण्टीको आवाजले हाम्रो मस्तिष्क खाली गराउँछ र ध्यान केन्द्रित गर्न मदत गर्दछ । घण्टीको आवाजले हाम्रो दाँया र बाँया मस्तिष्कलाई एकत्रित गर्दछ । घण्टी बज्दा ७ सेकेन्डसम्म गुञ्जीने त्यसको प्रतिध्वनीले हाम्रो शरीरका हरेक अगंलाई ताजा र फुर्तिलो बनाइदिन्छ ।
४.उत्तर दिशामा टाउको फर्काएर सुत्न नहुने
myth to science
उत्तर दिशामा टाउको फर्काएर सुत्दा भुत लाग्ने, आत्माले समाउने डर हुने आदि इत्यादि विश्वास राखेरै पनि हामी त्यसरी सुत्दैनौं । तर वैज्ञानिक रुपमा हेर्ने हो भने हामी मानव शरीरको आफ्नो चुम्बकीय क्षेत्र हुन्छ । रगतको प्रवाहको आधारमा यसलाई मुटुको चुम्बकीय क्षेत्र पनि भनिन्छ । यो पृथ्वी पनि विशाल चुम्बकीय क्षेत्र नै हो । हामीले उत्तर दिशामा टाउको फर्कएर सुत्दा शरीरको चुम्बकीय क्षेत्र र पृथ्वीको चुम्बकीय क्षेत्रमा अनुचित वातावरण बन्दछ । जसकारण हाम्रो मुटुलाई सामान्य भन्दा बढि जोडले काम गर्नु पर्दछ र रक्तचापको समस्या आउने र मस्तिष्कमा फलामको मात्रा ज्यादा जम्मा हुन्छ । टाउको सम्बन्धी रोग र मुटु सम्बन्धी रोग लाग्ने सम्भावना बढि हुन्छ ।
५. पिपलको रुखलाई किन पुजा गरिन्छ ?
myth to science
पिपलको रुखले न खाने कुरा फलाउँछ न त पिपलको काठ घर बनाउन मिल्ने जति बलियो नै हुन्छ । तरपनि पहिलेदेखि मानिसले पिपललाई किन पुजा गरे होला त ? रातमा पनि अक्सिजन फाल्ने केही मात्र वृक्ष मध्ये पिपल पनि एक हो ।
६.तुलसीको पुजा
myth to science
हिन्दु धर्ममा तुलसीलाई पवित्रता र स्वच्छताको प्रतीक मानिन्छ र तुलसीलाई पुजा गर्ने चलन चल्दै आएको पनि छ । घर अगाडी तुलसीको लागि छुट्टै मठ बनाइ तुलसीलाई जल चढाएर बिहान बिहान पुजा पाठ गरेको हामीले देखेकै छौँ । नपढेका मानिसले पनि यो सब गर्दै आएका छन् । तुलसी हाम्रो शरीरको लागी एकदम फाइदाजनक वस्तु हो । तुलसीको पातलाई पानीमा राखि बिहान पिउने हो भने यसले अमृतकै काम गर्छ भन्दा पनि फरक नपर्ला ! किनभने यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरका सबै अंगहरुलाई सक्रिय बनाउँछ । सर्प पनि तुलसीको बोटसँग डराउँछ र लामखुट्टे पनि तुलसीको बोट नजिक आउन रुचाँउदैन ।
७.मुर्तिलाई पुजा गर्नू
myth to science
तपाईँ मनकामना, दक्षिणकाली, पशुपति गएर भगवानको अगाडी हात जोड्दा के सोच्नु हुन्छ ? पक्कै पनि आफुले इच्छाएको काम कुरा पुरा होस् भनि माग्नु हुन्छ । एक पल्ट याद गर्नुहोस् त, तपाईँ भगवानको अगाडी हात जोडेर उभिनुभएको । तपाईँको मस्तिस्कले के सोचिरहेको हुन्छ ? मस्तिस्कले एउटा मात्र कुरालाई ठुलो बनाउँछ, भगवान मेरो यो पुगोस् भनी माग्छ । यो गर्नु मस्तिस्कलाई एकदम फाइदाजनक कुरा हो । किनकी मानिसले मस्तिष्कलाई एकाग्रता गर्नकालागि ध्यान गर्दछ । ध्यान गर्दा पनि केन्द्रीत हुन कति मिनेट लाग्छ, अझ कतिपयको त ध्यान एकत्रित नै हुदैन । तर, हामी भगवानको अगाडी हात जोडेर उभिदा सबै कुरा मस्तिष्कबाट हट्छ र हामी भगवान प्रतिनै ध्यान केन्द्रीत हुन्छौँ र हामीलाई आध्यात्मिक शक्ति प्राप्त हुन्छ । मानिसले मनोवैज्ञानिक रुपमा पनि भगवानलाई ढोगेपछि सकारात्मक उर्जा प्राप्त गर्दछ ।
८.विवाहित महिलाले सिन्दुर लगाउनु
sindoor
हिन्दु धर्ममा विवाहित महिलाले सिँउदोमा सिन्दुर लगाउनै पर्ने र श्रीमानको मृत्युपछि हातको चुरा, सिन्दुर सबै त्याग्नुपर्ने चलन छ । पहिले सिन्दुर बनाइन्थ्यो बेसार कागती र एक धातुबाट, जुन बिच सिउँदोमा लगाइन्छ । पिट्यूटरी ग्रन्थि (भावना जम्मा हुने ग्रन्थि)को ठिक्कमाथि सिउँदो हुने भएकाले सिन्दुरले भावनामा पनि सकारात्मक उर्जा प्रदान गर्दछ । सिन्दुरमा हुने ‘मरकरी’ र रातो रङले रक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छा पनि जगाँउछ । यसैले गर्दा विधवालाई सिन्दुर र रातो रङबाट वञ्चित गराइन्छ ।

No comments:

Post a Comment