Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

शोभराजसँग यौनसम्पर्क भएको छैन-निहिता विश्वास



नेपाली कारागारमा बन्द कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजकी श्रीमती भन्ने कुरा सुन्नेबित्तिकै 'हेडलाइन्स टुडे' की सञ्चारकर्मी मन्दीप बेल्वीले प्रश्न तेस्र्याइहालिन्- तिमीले शोभराजसँग यौनसम्पर्क पनि गर्‍यौ ? त्यसपछि बिगबोस सिजन फाइभमा सहभागी नेपाली युवती निहिता विश्वास केही लजाइन्, मुखमा एउटा हात राख्दै मुन्टो र अर्को हात दुवै हल्लाउँदै यस्तो प्रश्न नगर्न आग्रह गरिन्। मन्दीपले फेरि त्यही प्रश्न गरेपछि उनले यसलाई पर्सनल म्याटर बताउँदै यस्तो प्रश्न नगर्न आग्रह गरिन्, तर मन्दीप पत्रकार न ठहिरिन्, उनी निहितालाई त्यसै छोड्ने मुडमा देखिइनन् र अन्तत: निहिता शोभराजसँग जेलमै आफ्नो विवाह भएका कारण त्यस्तो अवसर नजुरेको कुरा बताउन बाध्य भइन्। 

कार्यक्रमका क्रममा प्रतिस्पर्धी मन्दीपले शोभराजसँग यौनसम्पर्क गरेको सन्दर्भमा सोधेको प्रश्नका कारण आफू तनावमा आएपछि मन्दीपले सार्वजनिक मञ्चमा त्यस्तो प्रश्न सोधेकोमा माफी मागेको निहिताको दाबी छ। निहिता र मन्दीप दुवै कलर्स च्यानलको रियालिटी शो बिगबोस सिजन फाइभका सहभागी हुन्।

निहिताले बिगबोसको पहिलो एपिसोडमै शोभराजसँगको भेट प्रेम र विवाहका सम्बन्धमा बेलिविस्तार लगाउन भ्याइन्, जुन कुरा केही समयपहिले 'साप्ताहिक' मा प्रकाशित उनको अन्तर्वार्तामा पनि उल्लेख थियो। शोभराजसँगै जेलमै टंगकिस -अधरपान) गरेको समाचारका कारण एकताका चर्चामा रहेकी निहिताले यौनसम्बन्धी प्रसंगमै शोभराजसँग यौनसम्पर्क नगरे पनि ऊ अत्यन्त प्रखर र आकर्षक भएको बताएकी थिइन्। आफूभन्दा ४० वर्ष जेठो भए पनि ऊ ३० वर्ष उमेर नकटेको जस्तो देखिने दाबी निहिताको थियो, जसबाट अहिलेसम्म शारीरिक सम्बन्ध नभए पनि शोभराजप्रतिको उनको यौन आकर्षण झल्कन्थ्यो।

भारतीय च्यानलको लोकपि्रय कार्यक्रम बिगबोसजस्तो ठूलो फोरम प्रयोग गर्दै निहिताले शोभराज निर्दोष भएको तथा नेपाल प्रहरीसँग ऊविरुद्ध कुनै ठोस मुद्दा नभएको जिकिर पनि गर्न भ्याइन्। निहितालाई बिगबोसमा सहभागी हुन अफर आएको विषयमा साप्ताहिकले यसअघि नै समाचार प्रकाशित गरिसकेको थियो। निहिता र शोभराजबीच तीन वर्षपहिले दसैँताका विवाह भएको दाबी गरिँदै आएको छ, जसलाई जेल प्रशासनले गलत बताएको थियो।

No comments:

Post a Comment