
'नाङ्गै मोडल हेर्दै पेन्टिङ गर्थ्यौं '- संगिता थापा
म आफुलाई भाग्यमानि ठान्छु । अधिकांस युवाहरु अध्ययनका लागी विदेश जान मरिहत्ते गर्छन् । मनभरी सपना बोकेका कतिका सपना पूरा हुन्छन्, कतिका त्यत्तिकै सेलाउछन्, तर मलाई भने सुनौलो अबसर जुर्यो । जन्मे देखि २२ वर्षे उमेर सम्म विभिन्न मुलुकमा ब्यतित गर्ने मौका मिल्यो । बुबा (हिमालय शमशेर जबरा) युएनडिपिमा जागिरे हुनुहुन्थ्यो । उहा कांग्रेसमा आबद्ध भएकाले तत्कालिन सरकारले उहालाई थुन्ने चेतावनि दियो । यता बस्न सक्ने अबस्था नभएकाले अमेरिका हान्निनुभयो । अनि हामीलाई पनि संगै लैजानुभयो । जागिरका सिलसिलामा बुबाले जहा जहा जानुपथ्र्यो, ममि र म पनि संगै हुन्थ्यौं । न्युयोर्क पछि, श्रीलंका, अफगानिस्तान, बर्मा, इन्डोनेसिया, पाकिस्तान, सिंगापुर र बेलायतमा मेरा बालापन र किशोरबयहरु बिते । सिंगापुरको युनाइटेड वल्र्ड कलेजबाट मैले ओ लेभल (एसएलसि) पास गरें । अंग्रेजी, इतिहास र कलामा मैले राम्रो नम्बर ल्याएँ । यो अन्र्तराष्ट्रिय स्कुल भएकाले संसारका थुप्रै मुलुकका विद्यार्थीहरु पढ्न आउथे । मेरा नर्बेजियन र मलेसियन थुप्रै साथीहरु थिए । स्कुलमा गाँसिएको सम्बन्ध कहिल्यै नटुट्ने रहेछ ।
अहिले सम्म पनि तिं साथीहरु सम्पर्कमै छन् । बिचमा हामी चिठी पत्रका माध्यमबाट खबर आदान प्रदान गथ्र्यौं । मेरो पोस्ट बक्समा नियमित पत्रहरु आउथे । स्टीकर र हुलाक टिकटहरु मैले संकलन गरेर राख्थें । अहिले त इन्टरनेटले त्यो सबै चलन हराईसक्यो । सिंगापुरको त्यो स्कुलमा शनिबार, आइतबार विदा हुन्थ्यो । साथीहरु संग सिनेमा हेर्न गईन्थ्यो । कुनै बेला आइल्याण्ड घुम्थ्यौं । स्विमिङ गर्न जान्थ्यौं । आइल्याण्ड घुम्दा खुब आनन्द लाग्थ्यो । म जुडोमा चाख राख्थें । यो मेरो पि्रय खेल थियो । बेलबटम जिन्सको पाइन्ट फेसनमा थियो । म प्राय यही लगाउथे । जिन्स किन्न जादा पसलेहरु अत्यन्त मिजासिला लाग्थे । मुसुक्क मुस्कुराउदै तिनले गर्ने ब्यबहार सम्झनलायक थियो । सिंगापुरमा मेरा दुइ वर्ष बिते ।
सिंगापुर निकै कडा नियम भएको देश हो । कपाल लामो भयो भने पुलिस आफैले काटिदिन्थ्यो । कतै विद्यार्थीहरुले चुरोट खाएको फेला पार्यो भने स्कुलमा रिपोर्ट आउथ्यो । चप्पल लगाएर हवाइजहाज चढ्न पाईदैनथ्यो । म जहा गएपनि बुबाले मलाई बि्रटिस काउन्सिलको सदस्य बनाइदिनुहुन्थ्यो । मैले मन परेका किताबहरु ल्याउथे । रोमान्टिक उपन्यासहरु भने बिहे पछि मात्रै पढियो । मैले पढेका स्कुल र कलेजमा एकदम कडा अनुसासन थियो । फेरी एसएलसि पछि मैले लण्डनको गल्र्स कलेजमा पढें । त्यहा केटा भेट्ने अबसर मिलेन । स्कुलमा पनि कडा नियम, अर्कोतिर घरमा पनि कडा अनुसासनमा बस्नुपर्ने भएकाले कोहिसंग घुम्ने त अबस्था नै रहेन । बेलायतकै वेस्ट सक्सेस अफ कलेज एण्ड आर्ट डिजाइनिङ पढ्दा भने अनौठो लाग्यो । त्यहा जे गरे पनि हुन्थ्यो । चुरोट खाएपनि हुने गाजा खाए पनि हुने । स्वतन्त्रता पायो भन्दैमा मैले खासै केही गरिन । त्यहा विचित्र खालका कलाकारहरुको जमघट हुन्थ्यो । पेन्टिङ गर्दा नांगो मोडेल अगाडी उभ्याइन्थ्यो । त्यही नाङ्गो मोडल हेर्दै हामीले पनि एक वर्ष सम्म पेन्टिङ गर्यौं । २२ वर्षकै उमेरमा सुनिल थापासंग मेरो बिहे भयो । त्यसबेलाका लागी त यो उमेर पनि ढिलै हो । आमा खुब रिसाउनुहुन्थ्यो । तिम्रो उमेरमा त मैले चार सन्तान पाइसक्याएथें भन्नुहुन्थ्यो । मेरो प्रेम पनि सुनिलसंगै भयो बिहे पनि उनी संगै । मेरो फोटो देखेर उहाले भेट्न चाहनुभयो । हाम्रो भेट भएको दुइ वर्ष परिवारको सहमतिमा विहे भयो । छोरीले पनि एमए सिध्याइसकि तैपनि उहा र म साथी जस्तै छौं अझैं ।
हरेक युवाहरुले ठुलो सपना देख्नुपर्छ । कसरी आफ्नो सपना पूरा गर्ने त्यो योजना पनि हुनुपर्छ । हुन त जीवन आफुले बनाएको योजना अनुसार चल्दैन । यद्यपि आफ्नो लक्ष्यमा अडिग भएर बस्नुपर्छ । पढ्दै गर्दा मानिसले बाटो हराउने सम्भाबना उत्तिकै हुन्छ । आफुलाइ सम्हाल्नुपर्छ । विद्यार्थी जीवनमा अनेक खाले साथीहरु भेटिन्छन् । पढाइमा समर्पित, र सकारात्मक सोच भएकाहरुको संगत बढाउदा राम्रो हुन्छ । निराशा त संसारभर छ । यहि बिचमा हामीले आफ्नो बाटो पहिल्याउनुपर्छ ।
Bollywood movie "Hate Story" poster

First Look Poster of the Hindi Movie Hate Story (2012) starring Gulshan Devaiya, Paoli Dam, Nikhil Dwivedi.
Director: Vivek Agnihotri
Producer: Vikram Bhatt
जवानीको जोश रोक्न नसक्दा
ईलाम, फागुन १८– चवालिस वर्षिय महिलालाई बलात्कार गरेको अभियोगमा २२ वर्षिय युवक पक्राउ परेका छन्। प्रहरीले इलाम शान्तिनगर बस्ने खगेन्द्र बस्नेतलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बस्नेतले मंगलवार महिलालाई करणी गरेका थिए। पिडित महिलाले बस्नेत विरुद्ध प्रहरीमा उजुरी दिएपछी उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।
Subscribe to:
Posts (Atom)






