Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

'नाङ्गै मोडल हेर्दै पेन्टिङ गर्थ्यौं '- संगिता थापा

म आफुलाई भाग्यमानि ठान्छु । अधिकांस युवाहरु अध्ययनका लागी विदेश जान मरिहत्ते गर्छन् । मनभरी सपना बोकेका कतिका सपना पूरा हुन्छन्, कतिका त्यत्तिकै सेलाउछन्, तर मलाई भने सुनौलो अबसर जुर्‍यो । जन्मे देखि २२ वर्षे उमेर सम्म विभिन्न मुलुकमा ब्यतित गर्ने मौका मिल्यो ।


बुबा (हिमालय शमशेर जबरा) युएनडिपिमा जागिरे हुनुहुन्थ्यो । उहा कांग्रेसमा आबद्ध भएकाले तत्कालिन सरकारले उहालाई थुन्ने चेतावनि दियो । यता बस्न सक्ने अबस्था नभएकाले अमेरिका हान्निनुभयो । अनि हामीलाई पनि संगै लैजानुभयो । जागिरका सिलसिलामा बुबाले जहा जहा जानुपथ्र्यो, ममि र म पनि संगै हुन्थ्यौं । न्युयोर्क पछि, श्रीलंका, अफगानिस्तान, बर्मा, इन्डोनेसिया, पाकिस्तान, सिंगापुर र बेलायतमा मेरा बालापन र किशोरबयहरु बिते । सिंगापुरको युनाइटेड वल्र्ड कलेजबाट मैले ओ लेभल (एसएलसि) पास गरें । अंग्रेजी, इतिहास र कलामा मैले राम्रो नम्बर ल्याएँ । यो अन्र्तराष्ट्रिय स्कुल भएकाले संसारका थुप्रै मुलुकका विद्यार्थीहरु पढ्न आउथे । मेरा नर्बेजियन र मलेसियन थुप्रै साथीहरु थिए । स्कुलमा गाँसिएको सम्बन्ध कहिल्यै नटुट्ने रहेछ ।

अहिले सम्म पनि तिं साथीहरु सम्पर्कमै छन् । बिचमा हामी चिठी पत्रका माध्यमबाट खबर आदान प्रदान गथ्र्यौं । मेरो पोस्ट बक्समा नियमित पत्रहरु आउथे । स्टीकर र हुलाक टिकटहरु मैले संकलन गरेर राख्थें । अहिले त इन्टरनेटले त्यो सबै चलन हराईसक्यो । सिंगापुरको त्यो स्कुलमा शनिबार, आइतबार विदा हुन्थ्यो । साथीहरु संग सिनेमा हेर्न गईन्थ्यो । कुनै बेला आइल्याण्ड घुम्थ्यौं । स्विमिङ गर्न जान्थ्यौं । आइल्याण्ड घुम्दा खुब आनन्द लाग्थ्यो । म जुडोमा चाख राख्थें । यो मेरो पि्रय खेल थियो । बेलबटम जिन्सको पाइन्ट फेसनमा थियो । म प्राय यही लगाउथे । जिन्स किन्न जादा पसलेहरु अत्यन्त मिजासिला लाग्थे । मुसुक्क मुस्कुराउदै तिनले गर्ने ब्यबहार सम्झनलायक थियो । सिंगापुरमा मेरा दुइ वर्ष बिते ।

सिंगापुर निकै कडा नियम भएको देश हो । कपाल लामो भयो भने पुलिस आफैले काटिदिन्थ्यो । कतै विद्यार्थीहरुले चुरोट खाएको फेला पार्‍यो भने स्कुलमा रिपोर्ट आउथ्यो । चप्पल लगाएर हवाइजहाज चढ्न पाईदैनथ्यो । म जहा गएपनि बुबाले मलाई बि्रटिस काउन्सिलको सदस्य बनाइदिनुहुन्थ्यो । मैले मन परेका किताबहरु ल्याउथे । रोमान्टिक उपन्यासहरु भने बिहे पछि मात्रै पढियो । मैले पढेका स्कुल र कलेजमा एकदम कडा अनुसासन थियो । फेरी एसएलसि पछि मैले लण्डनको गल्र्स कलेजमा पढें । त्यहा केटा भेट्ने अबसर मिलेन । स्कुलमा पनि कडा नियम, अर्कोतिर घरमा पनि कडा अनुसासनमा बस्नुपर्ने भएकाले कोहिसंग घुम्ने त अबस्था नै रहेन । बेलायतकै वेस्ट सक्सेस अफ कलेज एण्ड आर्ट डिजाइनिङ पढ्दा भने अनौठो लाग्यो । त्यहा जे गरे पनि हुन्थ्यो । चुरोट खाएपनि हुने गाजा खाए पनि हुने । स्वतन्त्रता पायो भन्दैमा मैले खासै केही गरिन । त्यहा विचित्र खालका कलाकारहरुको जमघट हुन्थ्यो । पेन्टिङ गर्दा नांगो मोडेल अगाडी उभ्याइन्थ्यो । त्यही नाङ्गो मोडल हेर्दै हामीले पनि एक वर्ष सम्म पेन्टिङ गर्‍यौं । २२ वर्षकै उमेरमा सुनिल थापासंग मेरो बिहे भयो । त्यसबेलाका लागी त यो उमेर पनि ढिलै हो । आमा खुब रिसाउनुहुन्थ्यो । तिम्रो उमेरमा त मैले चार सन्तान पाइसक्याएथें भन्नुहुन्थ्यो । मेरो प्रेम पनि सुनिलसंगै भयो बिहे पनि उनी संगै । मेरो फोटो देखेर उहाले भेट्न चाहनुभयो । हाम्रो भेट भएको दुइ वर्ष परिवारको सहमतिमा विहे भयो । छोरीले पनि एमए सिध्याइसकि तैपनि उहा र म साथी जस्तै छौं अझैं ।

हरेक युवाहरुले ठुलो सपना देख्नुपर्छ । कसरी आफ्नो सपना पूरा गर्ने त्यो योजना पनि हुनुपर्छ । हुन त जीवन आफुले बनाएको योजना अनुसार चल्दैन । यद्यपि आफ्नो लक्ष्यमा अडिग भएर बस्नुपर्छ । पढ्दै गर्दा मानिसले बाटो हराउने सम्भाबना उत्तिकै हुन्छ । आफुलाइ सम्हाल्नुपर्छ । विद्यार्थी जीवनमा अनेक खाले साथीहरु भेटिन्छन् । पढाइमा समर्पित, र सकारात्मक सोच भएकाहरुको संगत बढाउदा राम्रो हुन्छ । निराशा त संसारभर छ । यहि बिचमा हामीले आफ्नो बाटो पहिल्याउनुपर्छ ।

No comments:

Post a Comment