Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

तेश्रो लिंगीले सेक्समा झन् मज्जा लिन्छन्


तेश्रो लिंगीको यौन क्रियाकलापलाई अप्राकृतिक भन्ने गरिन्छ । उनीहरुको सम्भोग अनैतिक तथा असुरक्षित रहने गरेको पनि आरोप लाग्छ । तर एकजना तेश्रो लिंगी मोडेलले भने तेश्रो लिंगीहरुको यौनसम्बन्ध सुरक्षित तथा प्राकृतिक हुने र सेक्सबाट आफुहरुले भरपूर मज्जा लिने गरेको बताएकी छिन् ।

मिस पिंक मेघना लामाले तेश्रो लिंगी/समलिंगीको सेक्सको प्रकार फरक हुनसक्ने भएपनि सेक्सबाट पाउने सन्तुष्टि वा मज्जा भने सामान्य मान्छेले पाउने सरह नै भएको बताएकी हुन् । शुक्रबार साप्ताहिक सँगको अन्तरवार्तामा मेघनाले भनेकी छिन् , ‘जसरी जुनसुकै रंगमा फुलेपनि गुलाफबाट बास्ना नै आउँछ, त्यसैगरी हामी तेश्रो लिंगी/समलिंगीले गर्ने सेक्स फरक भएपनि त्यसबाट पाउने सन्तुष्टि सामान्य मानिसले पाउने सरह नै हो ।’
महिला र पुरुषले जसरी सेक्सको आनन्द लिन्छन् त्यसरी नै आफुहरुले पनि सेक्सको भरपुर मज्जा लिने तर यसमा मात्राको नाप भने नहुने उनी बताउँछिन् । सेक्स भावना सँग गाँसिएको विषय भएको हुनाले यसलाई हल्का रुपमा लिन नहुने र यौन रोगबाट बच्न सुरक्षित सेक्स आवश्यक रहेको मेघनाको भनाइ छ ।
सेक्स बिना जिवनको कल्पना गर्न नसकिने र आपसी सम्बन्धलाई बलियो बनाउन सेक्स अत्यावश्यक रहेको मेघनाको ठम्याइ छ । उनी भन्छिन्, ‘मानिसलाई जसरी भोजन नभई हुँदैन, त्यसरी नै सेक्स पनि नभइ हुँदैन ।’
सेक्स जिवनको अभिन्न तत्व भएकाले सेक्सको अभावमा जीवन अपूरो हुने मेघनाको भनाइ छ ।

No comments:

Post a Comment