Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

नब्बे बिहे गर्दा पनि पुगेन्


'बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काधैँमाथि भन्ने नेपाली उखान चरितार्थ गरेका छन् सत्तरी वर्षे नाइजेरियन बेलो मसाबाले । नब्बे बिहे गरिसकेका मसाबा अझै थप दस बिहे गर्न चाहन्छन् । उनी यत्तिका बिहे गर्नुको करामत अल्लाह (भगवान्) भएको बताउँछन् । भगवान्कै निर्देशनमा सबै बिहे जुरेको उनको दाबी छ ।

नाइजेरियाको संविधानले बहुविवाह गर्नेलाई कुनै रोकतोक गरेको छैन । नत उनलाई बढी श्रीमतीले तनाब नै थपेको छ । मध्य नाइजेरिया सहरमा बस्दै आएको बेलोले बिबिसीसँगको भेटमा भने, 'सुरु-सुरुमा महिला देखेर निकै डर लाग्थ्यो । त्यसैले दुईवटासम्म बिहे गर्ने सोचमा थिए । तर, बिहे गर्दै गएपछि इच्छा बढ्दै गयो ।'
'म कहिले पनि महिलाको पछि लागिनँ, उनीहरूले नै मेरो पिछा गर्छन्, जब उनीहरू आएर म तिम्रो पत्नी हुन चाहन्छु भन्छन् अनि राजीखुसीमा बिहे गरिहाल्छु ।'-उनी भन्छन् ।
परिवार नियोजनका साधनका प्रयोग गर्नुलाई पनि उनी भगवान्को इच्छाविपरीत ठान्छन् । मसाबा भन्छन् 'अल्लाहको इच्छाविपरीत जान मन मान्दैन ।' उनका दुई सय सन्तानमध्ये ५५ को मृत्यु भइसकेको छ ।
तीन, पाँच र चौबीसौँ नम्बर श्रीमतीको उनलाई एकदम माया लाग्छ । किन ? उनीहरू जहाँ पनि बेलोको प्रशंसा गर्छन् । उनको मान्यता छ, 'इमानी पुरुषले जति नै बिहे गर्दा पनि फरक पर्दैन ।'
यतिका श्रीमती भए पनि कोही कसैसँग इष्र्या राख्दैनन् । तर, दुर्भाग्य उनकी दोस्री श्रीमतीको टकरावले एघारौँलाई तलाक दिनुपरेको थियो । यसबारे उनको भनाइ छ, 'उनले केही कुरा नमानेपछि फिर्ता पठाए ।'

No comments:

Post a Comment