Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

चमक पोर्नस्टारको



सन्नी लियोनको चर्चा अहिले एसियामै ह्वात्तै बढेको छ। भारतीय टेलिभिजन कलर्स च्यानलले वयष्क चलचित्रकी नायिका लियोनलाई बिग बोसको पाँचौं संस्करणमा उतारेपछि उनको चर्चा बढेको हो। गत सातासम्म पनि उनका बारेमा जानकारी लिन इन्टरनेट सर्च गर्नेदेखि उनका चलचित्रहरूको खोजी गर्ने सिलसिला व्यापक थियो। गुगलले पछिल्लो पटक सन्नी लियोन सर्च गर्दा शुन्य दशमलव १२ सेकेन्डमा उनीसँग रहेका ५ करोड २६ लाख कागजात देखाउन थालेको छ भने शून्य दशमलव ३१ सेकेन्डमा उनीसँग सम्बन्धित २ करोड ९१ लाख तस्बिर फेला पर्छन्। यसबाट इन्टरनेटमा उनको ख्याति बढिरहेको प्रस्ट देखिन्छ। 

अमेरिकामा निर्माण हुने वयस्क चलचित्रकी यी नायिका भारतीय मूलकी भएका कारण यो महाद्वीपमा प्रसारण भएको बिग बोस कार्यक्रममा उनले पहिलो पटक आफ्नो परिचयसहित सहभागिता जनाएकी हुन्। हुन त सन्नीले आफ्नो करिअरमा आफूलाई भारतीय मूलको नबताए पनि उनले आफ्नो आकर्षक छविका कारण छोटो समयमै चर्चा बटुलिसकेकी थिइन्। पश्चिमी मुलुकमा वयस्क चलचित्रलाई कुनै किसिमको कानूनी अड्चन नभए पनि दक्षिण एसियामा भने त्यसले प्रसारणको कानुनी मान्यता पाउन सकेको छैन। यस्तो अवस्थामा सन्नीले विग ब्रदर्शमार्फत् आफ्नो कलाकारितालाई बुझाउने प्रयास मात्र गरिनन्, आफूले अभियन गर्ने वयष्क चलचित्रप्रति पनि सकारात्मक हुने किसिमको छवि विग बोसमार्फत प्रस्तुत गरिन्।

सन्नी को हुन् ?

क्यानाडाको ओन्टारियोमा सन् १९८१ मा जन्मिएकी सन्नी लियोनको वास्तविक नाम करिन मल्होत्रा हो भने मनोरञ्जन उद्योगको वेबसाइट आईएमबिडी डटकमले उनको नाम करणजित कौर बोहरा भनेर उल्लेख गरेको छ। क्यानाडामा बसोबास गर्ने भारतीय मूलको सिख परिवारमा जन्मिएकी सन्नीको बाल्यकालको शिक्षा स्थ्ाानिय क्याथोलिक स्कुलमै भयो। १३ वर्षको उमेरमा क्यानाडाबाट अमेरिका सरेकी सन्नीले आफ्नो पछिल्लो करियर अमेरिकामै थालिन्। 

११ वर्षको उमेरमा पहिलो पटक चुम्बन गरेकी सन्नीले एक बास्केटबल खेलाडीमार्फत आफ्नो कुमारीत्व गुमाईन्। १८ वर्षमा प्रवेश गर्दा आफू दुवै लिंगप्रति समान रूपमा आकषिर्त रहेको उनले महसुस गरेकी थिइन्। यौनका विभिन्न खुट्किला पार गरे पनि सन्नी वयस्क चलचित्रमा अभिनय गर्ने कुनै सोच नआएको बताउँछिन्। सन् १९९९ मा ग्राजुएट गरेपछि उनले एक जर्मन बेकरी र कर कार्यालयमा काम गरिन्। 

सन्नीकी एक सहपाठी नृत्यांगना पनि थिइन्। उनले बयस्क म्यागजिनका फोटोग्राफर जे एलिनसँग सन्नीको परिचय गराइन्। एलिनले सन्नीका केही तस्बिर खिचेर पेन्ट हाउस म्यागजिनमा प्रकाशित गरेपछि उनी सन् २००१ मा पेन्ट हाउस म्यागजिनको पेट अफ दि मन्थ घोषित भइन् र पेन्ट हाउस म्यागजिनका संस्थापक बब गुचियानीले वयस्क उद्योगका लागि उनलाई नयाँ नाम दिए— सन्नी लियोन। 

पेन्ट हाउस म्यागजिनमा सन्नीको निर्वस्त्र तस्बिर प्रकाशित भएपछि वयस्क सामग्री प्रकाशित गर्ने अन्य म्यागजिनले पनि उनको फोटो शुट गर्न थाले। सन् २००३ मा पेन्टहाउसले सन्नीलाई पेट अफ दि इयर घोषणा गरेपछि उनी वयस्क चलचित्र निर्माताहरूको नजरमा समेत परिन्। 

सन् २००५ मा वयस्क चलचित्र निर्माण कम्पनी भिभिड इन्टरटेनमेन्टले सन्नीलाई ३ वर्षको अनुबन्ध गर्‍यो। उक्त अनुबन्धमा सन्नीसँग समलिंगी क्रियाकलाप गर्ने सर्त राखिएको थियो। सर्तअनुसार उनको नामकै सन्नी चलचित्र बनेको थियो। उनले अर्को चलचित्र भर्चुअल भिभिड गर्ल सन्नी लियोनले उनलाई एभिएन एवार्ड नै दिलायो। भिभिडसँगको सम्झौताअनुसार सन्नीले करिब आधा दर्जन वयस्क चलचित्रमा काम गरिन्। 

भिभिडसँगको पहिलो चरणको सम्झौता सकिएपछि सन्नीले पुनः ६ महिनाका लागि अर्को सम्झौता गरिन्। उक्त सम्झौतापछि पहिलो पटक उनको सहकर्मीका रूपमा पुरुष देखा परे। आफ्नै प्रेमी म्याट एरिक्सनसँग सन्नीले पहिलो विपरीत लिंगी पात्रका रूपमा ँसन्नी लभ्स् म्याट’ मा अभिनय गरिन्। सन् २००८ मा भिभिडसँगको सम्झौता समाप्त भएपछि सन्नीले बेबरसँग मिलेर सनलस्ट पिक्चर्सको स्थापना गरिन्। अहिले यो कम्पनीले वयस्क चलचित्र निर्माण गर्नुका साथै यौन प्रसाधन एवं उपकरणहरू बिक्री-वितरण गर्छ। सन्नी उक्त कम्पनीकी ब्रान्ड एम्बेसडर होलिन् भन्ने धेरैले अनुमान गरे पनि उनी कम्पनीको बिस्तारमा रचनात्मक पक्ष हेर्छिन्। कम्पनीले गरेको प्रगतिअनुसार उनले पछिल्लो पटक वर्षको २ देखि ३ वटा सम्म वयस्क चलचित्रमा अभिनय गर्ने योजना बनाइएकी छिन्। किनभने अहिले यो कम्पनीले वाषिर्क रूपमा १० लाख डलर आम्दानी गरिरहेको छ। 



सन्नी लियोनलाई विग बोसले आफ्नो कार्यक्रममा ल्याएर दक्षिण एसियालगायत मध्यपूर्वका दर्शकको ध्यान तान्ने प्रयास गर्‍यो। विग बोसमा भएको उनको प्रवेशसँगै उनको चलचित्र हेरेका दर्शक उनीप्रति आकषिर्त भए भने सन्नीद्वारा अभिनीत चलचित्र नहेर्ने दर्शकसमेत उनको विगतप्रति आकषिर्त हुन थाले। जनसंख्याको दृष्टिकोणले बाक्लो मानव उपस्थिति रहेको यो उपमहाद्वीपमा उनले आफ्नो मूलधारको कलाकारितालाई ल्याउन सकिन् भने आफ्नो व्यापार र ख्यातिसमेत बढ्ने आकलन गरेर नै उनले आफूलाई उक्त कार्यक्रममा प्रस्तुत गरेकी थिइन्। इन्डियन ब्रोडकाष्ट फाउन्डेसनले एक समिति नै बनाएर सन्नीप्रति निगरानीसमेत राखेको थियो। वयस्क चलचित्र नायिका हुँदै आफ्नै प्रोडक्सन कम्पनी सञ्चालन गरिरहेकी सन्नीले बिग बोसमार्फत चलचित्र र यौन उपकरणहरूको प्रचार-प्रसार भारतमा गर्छिन् भन्ने कुरामा उक्त समिति विशेष चनाखो थियो। यद्यपि सन्नीले वयस्क चलचित्रमा पाएको ख्यातिको कुनै चर्चा वा प्रचार-प्रसारको प्रयास गरिनन्। उनले आफ्नो वयस्क चलचित्रकी नायिकाको परिचयलाई विग बोसबाट बाहिरिने समयसम्म पनि उल्लेख गरिनन्। 

वयस्क चलचित्रकी नायिका सन्नी लियोनले बिग बोसमा देखाएको सोझी युवतीको छविले गर्दा उनीप्रतिको कौतूहलता अझ बढेको थियो। उनको पृष्ठभूमि भारतीय मूलका भएको कारण चलचित्र निर्माता र निर्देशकहरूले उनलाई भारतिय चलचित्रमा ल्याउने प्रयास गरे। विग बोसमा सहभागी हुने क्रममै उनलाई निर्देशक महेश भट्टले आफुले निर्माण गर्न लागेको चलचित्र जिस्म-२ मा लिने प्रस्ताव कार्यक्रममै उपस्थित भएर गरे भने सन्नी आफैंचाहिँ बिग बोसका एक सञ्चालक सलमान खानसँग अभियन गर्न चाहने महत्वकांक्षा राख्छिन्। भट्टको प्रस्तावमा अझ विस्तृत रूपमा छलफल गर्ने कुरा सन्नीले गत शनिवार विग बोसबाट बाहिरिएपछि बताएकी छिन्। 

सन्नीले आफ्नो धारको अभिनयबाट एक्कासि भारतिय चलचित्रमा प्रवेश गर्ने सोच बनाउनुलाई अनौठो नै मानिएको छ। लसएन्जलसमा सनलष्ट पिक्चर्स कम्पनी खोलेर वयस्क चलचित्र निर्माण एवं निर्देशन गर्दै आएकी सन्नीको छविकै कारण उनलाई विभिन्न देशका चलचित्र निर्माताले अभिनयको प्रस्ताव गरिरहेको उनका व्यापारिक साझेदार ड्यानियल बेबर बताउँछन्। वयस्क चलचित्रकी नायिकाहरूमा विश्वमै सर्वाधिक पारिश्रमिक लिने सन्नीले भारतीय चलचित्रमा पाउने अवसर र पारिश्रमिकले उनले यो क्षेत्रमा गर्ने योगदानको समय निर्धारण हुनेछ। अहिले उनको कम्पनीले भारतमा निर्माण हुने तिनवटा चलचित्रप्रति रुचि देखाएको छ। ती चलचित्र सन् २०१२ सम्ममा प्रदर्शित हुने आशा राखिएको छ। कम्पनीले सन्नीले अमेरिका र भारतको यात्रा गर्दै आफ्नो अभिनयलाई निरन्तरता दिँदा कम्पनीलाई कुनै किसिमको अप्ठ्यारो नहुने बताएको छ। यदी सन्नीले आफ्नो अश्लील अभिनयलाई निरन्तरता दिँदै भारतीय चलचित्रमा पनि अभिनय गरिन् भनेचाहिँ उनलाई अप्ठ्यारो पर्न सक्छ। 

अमेरिकामै भने वयस्क चलचित्रले ठूलै आम्दानी गर्छ। त्यहाँ निर्माण भएका चलचित्रको बजार वैध र अवैध रूपमा विश्वभरि छ। कानुनी मान्यता पाएका कारण अमेरिकामा वयस्क चलचित्रको वाषिर्क कारोबार १३ अर्ब डलरभन्दा बढी हुन्छ। यस्तो अवस्थामा सन्नीले आफूलाई भारतीय चलचित्रमा केन्दि्रत गराउन ठूलै रकम माग गर्नुपर्ने देखिन्छ भने उनको ख्यातिअनुसार निर्माताहरूले पनि रकम खर्च गर्नुपर्ने हुन्छ। 

वयस्क चलचित्रको क्षेत्रमा सन्नीले पाएका पुरस्कार ः

सन् २००८- वेब बेबी अफ दि इयर

सन् २०१० बेस्ट अल गर्ल ग्रुप सेक्स सिन

सन् २०१० वेब स्टारलेट अफ दि इयर

सन् २०१० फेभरेट ब्रेस्ट



यौन कसले पो मन पराउँदैन ?

१८ वर्षको उमेरमै पहिलो पटक निर्वस्त्र फोटो सुट गरेर वयस्क ग्ल्यामरमा आउन सक्छु जस्तो लाग्यो ? 

सन्नी ः पहिलो पटक फोटो सुट गर्दा नै मैले वयस्क ग्ल्यामरको व्यापारबाट प्रशस्त आम्दानी गरेर घुमफिर गर्न सक्छु भन्ने कुरा सोचेकी थिएँ। 

पहिलो पटकको फोटो सुटमा कुन कुराले निर्वस्त्र हुन आत्मविश्वास प्रदान गर्‍यो ?

सन्नी ः पहिलो पटक फोटो सुट गर्दा मैले असजिलो महसुस गरे की थिएँ। मलाई आफ्नो पुठ्ठा देखाउन अप्ठ्यारो भैरहेको थियो तर फोटोग्राफरले लगातार यताउता फर्किन लगाएपछि उक्त फोटो सुट राम्रो भयो र ममा पनि आत्मविश्वास बढ्यो। म अझै पनि आफूलाई लजालु युवती मान्छु तर फोटो खिच्न मलाई आनन्द आउँछ। 

साथीभाइ एवं परिवारका सदस्यहरूले वयस्क ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकोमा कस्तो प्रतिक्रिया जनाए ? 

सन्नी ः मेरा सबै साथीले मैले गरेको यो कामलाई राम्रो माने भने म आफैं पनि यो क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सक्छु भनेर खुसी पनि भए। मेरो परिवारका सदस्यहरूले म वयस्क ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेको कुरा थाहा पाएका थिएनन्। मैले पेन्टहाउस पेट अफ दि इयरको उपाधि जितेपछि मात्र उनीहरूले यो कुरा थाहा पाए। उनीहरूले मैले राम्रो काम नै गरेकोमा सन्तोष व्यक्त गरे। 

के यो सबैभन्दा राम्रो पेसा हो ? जहाँ सन्तुष्टि, पैसा र नयाँ-नयाँ मित्रहरू फेला पर्छन् ? 

सन्नी ः यो विश्वको सर्वाधिक राम्रो पेसा हो। मलाई थाहा छ, यो पेसा लामो समयसम्म गर्न सकिँदैन तर यसका लागि यात्रा गर्न पाइन्छ, फरक किसिमका मानिस भेटिन्छ र पैसा पनि कमाइन्छ। फेरि म यस्तो व्यावसायिक काम गर्न चाहन्छु जहाँ धेरै मानिसले काम गर्न नचाहून्।

के पहिलो दिन काम गरेेजस्तै उत्साह अझै पनि छ ?

सन्नी ः यो पेसामा जति काम गर्दै गयो उति नै उत्साह वृद्धि हुन्छ। म अझै पनि धेरै कुरा सिक्दैछु र त्यसलाई ब्यवहारमा उतार्दैछु। अधिकांश काम म एक्लै गर्छु र त्यसले मलाई थप चुनौती पनि दिएको छ। मैले आफ्नो व्यवसायलाई अझ बढाउन वेबसाइट पनि सञ्चालन गरेकी छु।

तिमी यौनलाई प्रेम गर्छु भन्छौं। तिमी आफूलाई कसरी आकर्षक बनाउँछौं ? सातामा कति पटक यौन कार्यमा लाग्छौं ?

सन्नी ः म यौनलाई मन पराउँछु। कसले पो मन पराउँदैन ? म आफ्नो शरीरले भ्याउन्जेलसम्म यौनकार्यबाट आनन्द लिन्छु। कतिपय अवस्थामा मैले यौनकार्यबाट वञ्चित पनि हुनुपर्छ।

कस्तो अवस्थाको यौनकार्य सर्वाधिक आनन्ददायक भएजस्तो लाग्छ ?

सन्नी ः म यौनको सबै पक्षलाई प्रेम गर्छु। यौनकार्यमा पुरुषलाई मैले आनन्द दिने र उसले मलाई आनन्द दिने प्रयास गर्नुपर्छ। यदि त्यस्तो भएन भने दुवैको टाउको दुखाइ मात्र हुन्छ। टाउको दुखाउनुभन्दा यो कार्य नगर्नुनै राम्रो हो। 

मानिसहरू स्वभावैले यौनका विषयमा विभिन्न कल्पना गर्छन्। तिमी कस्तो किसिमको कल्पना गर्छौं ?

सन्नी ः म युवतीहरू मन पराउँछु। यौनको कल्पना गर्दा म महिलासँग यौनसम्बन्ध राखेको कुरा सोच्छु। 

प्रशंसकहरूबाट प्रस्ताव आइरहेका हुन्छन् होला, के भन्छन् उनीहरू ?

सन्नी ः अधिकांश प्रशंसकहरू विवाहको प्रस्ताव राख्छन्। कतिपय प्रशंसक उनीहरूको इमेलको उत्तर खोज्छन्। सबैलाई उत्तर दिएर पनि भ्याइँदैन, केहीलाई उत्तर दिँदा उनीहरू झनै खुसी हुन्छ। 

कुन उमेरसम्म यो पेसामा नायिकाका रूपमा रहने ?

सन्नी ः म यो पेसामा धेरै काम गर्छु भनेरै आएकी हुँ। सम्भवतः ३० वर्षको उमेरपछि भने नायिकाका रूपबाट अलग हुनेछु। किनभने त्यो अवस्थामा मेरो वक्षस्थल पनि लोलाउनेछन् र म मा कुनै आकर्षण नहुन सक्छ।

स्रोत ः एसियन क्लब गाइ

No comments:

Post a Comment