Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

Sweta Khadka Nepali Model Hot photos

ekhoji.com share



Sweta Khadka Nepali Model Hot photos, Sweta Khadka, Nepali Female Actress Photos, Nepali Female model, Nepali sexy Actress and Model photos, nepali sexy girl, Cute sexy nepali girl, nepali sexy girl photo

धुर्मुश संसारकै लद्दु मान्छे



हास्यव्यङ्ग्य नेपाली समाजको अभिन्न अङ्ग बन्दै गएको छ। हास्यव्यङ्ग्य नेपाली टेलिभिजनमा सबैभन्दा बढी हेरिने भएकैले मात्र यसो  भनिएको होइन, यसको आर्थिक क्षेत्र पनि फराकिलो बन्दै गएको छ। कलाकारहरूमध्ये सबैभन्दा बढी कमाउने स्थान पनि यिनै व्यङ्ग्यकर्मीले  लिँदै आएका छन्। स्वदेश वा विदेश जहाँ भए पनि स्टेज कार्यक्रममा उनीहरू पहिलो प्राथमिकतामा पर्न थालेका छन्। एक दशकयता  हास्यव्यङ्ग्य नेपाली टेलिभिजन च्यानलमा समाचारपछि सबैभन्दा बढी हेरिने कार्यक्रम बन्ने गरेको छ। गाईजात्रामा त उनीहरूको व्यस्तता आँकिसक्नु हुँदैन। टेलिभिजनमा सातै दिन सित्तैंमा उनीहरूका कार्यक्रम हेर्न पाए पनि गाईजात्राका अवसरमा दर्शकहरू हजार रुपैयाँ तिरेर ती  कार्यक्रम हेर्छन्। यति बेला राष्ट्रिय सभागृह र प्रज्ञा-प्रतिष्ठानमा गाईजात्रा कार्यक्रम भीडका साथ प्रदर्शन भैरहेको छ। यही मेसोमा मेरी बास्सै  टेलिशृंखलाका चर्चित कलाकार सीताराम कट्टेलसँग साप्ताहिकले लामो कुराकानी गरेको थियो।

नेपालमा हास्यव्यङ्ग्य किन यति लोकप्रिय भएको होला ?

कुनै पनि मानिस दुःखी हुन चाहँदैन। सबैका आ-आफ्ना दुःख छन्, तर केही क्षण खुसी हुने बहाना खोजिरहेका हुन्छन्। हामीले त्यही खुसी दिने  प्रयत्न गरेका हौं।

भारतलगायत विश्वमै टेलिश्रृंखला हिट छन्, त्यसको विपरीत नेपालमा भने हास्य श्रृंखलाहरू। यसको कारण के होला ?

हाम्रो पृष्ठभूमि भारतको भन्दा फरक छ। गाईजात्रा वास्तवमा मानिसको मृत्युको शोकमा मनाइने पर्व हो। यस्तो पर्वमा पनि रमाइलो गर्नुपर्छ  भन्ने संस्कार  अग्रज कलाकारले बसाइदिनुभयो। गाईजात्राका अवसरमा व्यङ्ग्य गर्ने परम्परा अहिले नेपालीको संस्कारका रूपमा विकास भयो।

विदेशतिर चलचित्रका कलाकारहरूको ठूलो मान-इज्जत हुन्छ, नेपालमा भने कमेडियनहरूको वर्चस्व छ, यसको कारण के हो ?

किनभने उनीहरूले आफूलाई समाजको नायकका रूपमा पनि आफूलाई स्थापित गरे। मदनकृष्ण-हरिवंशहरूले पञ्चायतदेखि गणतन्त्रसम्मका  शासकलाई खबरदारी गर्नुभयो। स्टेजदेखि सडकसम्म उहाँहरूले जनताको आवाज बोल्नुभयो। सन्तोष पन्तले टेलिशृंखलामार्फत सामाजिक  क्रान्ति गर्नुभयो। आज तपाईं तीतो सत्यदेखि जिरे खोर्सानीसम्म कतै न कतै जनताका कुरा पाउनुहुन्छ। म चलचित्रका कलाकारहरूले कम मे हनत गर्नुभयो भन्दिनँ, तर अहिले जनताको वास्तविक आवाज कतै न कतै यिनै कमेडियनहरूले बोलेका छन्।

टेलिभिजनमा प्रसारण भैरहेका कार्यक्रमहरूले नेपालीलाई चोर, फटाहा, अरूलाई धोका दिने, थाङ्ने आदि तल्लो स्तरमा प्रस्तुत गरिरहेका छन्  भन्ने लाग्दैन ?

नेपाल भनेको काठमाडौं मात्र होइन। त्यसैले कार्यक्रममा देखिने गरिव, थाङ्ने भनिनेहरू पनि नेपाली नै हुन्। यसमा कसैले चित्त दुखाउने ठाउँ  छैन। म स्टेज कार्यक्रम लिएर ६५ जिल्ला पुगिसकें। दर्शकले त्यही धुर्मुस र त्यही खड्काजस्ता पात्रलाई मन पराएका छन्। हामीले समाजमा जे  भैरहेको छ, त्यही देखाउने हो।

कहिलेकाहीँ कमेडियनहरू समाजिक जिम्मेवारीबाट चुकिरहेका छन् भन्ने लाग्दैन ?

हामीमाथि दोहोरो जिम्मेवारी छ। पहिलो कार्यक्रम बनाएर मात्र हुँदैन, त्यो आमदर्शकले मन पराउने हुनुपर्छ। जबसम्म दर्शकले मन पराउँदैनन्,  तबसम्म विज्ञापनदाताले हाम्रो कार्यक्रममा विज्ञापन दिँदैनन्। अर्को कुरा, ती कार्यक्रमले कसैलाई होच्याउनु, दोषी देखाउनु पनि हुँदैन। ठूलो  मिडियामा काम गरेपछि समाजिक जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ। यदि सामाजिक जिम्मेवारीबाट चुकेको भए दर्शकले मन पराउने थिएनन्।

तपाईंहरूको कार्यक्रममा नेताहरूको बढी नै आलोचना गरिन्छ, किन ?

नेताहरू तल्लो स्तरका कमेडियन भएकै कारण हामी जनताको नेता हुन पाएका हौं। जनताले हाम्रो कार्यक्रम हेरेर जिब्रो फड्कारेका हुन्। ने ताहरूले आर्थिक क्रान्तिका कुरा गर्नुपर्नेमा हामीले उनीहरूलाई खबरदारी गर्नुपरेको छ। जुन दिन नेताहरू जनताको हृदयमा बस्न थाल्छन्,  त्यही दिन हाम्रो नेतागिरी बन्द हुन्छ।

तैपनि केपी शर्मा ओलीले तपाईंलाई घरमै बोलाएर नेतालाई गाली गर्नु हुँदैन भनेर सम्झाउनुभयो रे, हो ?

उहाँले मेरो अभिनयको प्रशंसा गर्नुभयो। जबसम्म व्यङ्यकारले कुनै नेताको दोहोलो काड्दैन, तबसम्म त्यो नेता जनतामा लोकप्रिय छैन भन्ने  मान्यता पनि छ। उहाँले धन्यवाद पनि दिनुभयो, मैले राजनीतिसम्बन्धी केही आइडिया पनि पाएँ।

सधैं एकै किसिमको चरित्र, व्यवहार र पात्रका कारण दर्शकहरू भड्किदैनन् ?

हाम्रो कार्यक्रममा विविधता छन्। तीतो सत्यले सहरवासीका समस्या भनिरहेको छ। जिरे खुर्सानी सहरभित्रका डेरावाल र तीभित्रका न्यूनवर्गका  कथा अघि बढाइरहेको छ। हामी गाउँका माग्ने बूढा र धुर्मुसका कुरा भनिरहेका छौं। नत्र एउटै टेलिश्रृंखला ५ सय साताभन्दा बढी चल्ने  थिएनन्।

तपाईंहरूको सबैभन्दा ठूलो चुनौती के हो ?

अहिले सहरमा हास्यकलाकारको बाढी छ। प्रतिस्पर्धा हुनु राम्रो हो, तर सबैले आ-आफ्नो छाप छाड्नैपर्छ। अहिलेको चुनौती भनेको क्वालिटी नै  हो।

मिलेर प्रतिस्पर्धा गर्नुपर्नेमा तपाईंहरूबीच टुट-फुटको समस्या छ, असफल हुन के बेर ?

अहिलेसम्म त्यस्तो समस्या आइसकेको छैन। सबैलाई वर्तमानको भन्दा भविष्यकै चिन्ता छ। त्यसैले बाहिर देखिएजस्तो टुटफुट छैन।

मेरीबास्सैका कलाकारहरूले नै राष्ट्रिय नाचघरमा कार्यक्रम गरिरहेका छन्, केदार र तपाईंबीच नै समस्या छ भनिन्छ, होइन ?

भिन्दै कार्यक्रम गरेपछि बाहिर हल्ला हुनु सामान्य कुरा हो। प्राविधिक कारणले त्यसो भएको हो। फेरि गाईजात्रा जस्तो पर्वमा एउटा मात्रै कार्यक्रम हेरेर दर्शकको चित्त पनि बुझ्दैन।

तपाईंका बारेमा एउटा पत्रिकामा कस्तोसम्म खबर आएको थियो भने, काठमाडौंमा तपाईं भोकभोकै सुत्नुहुन्थ्यो रे, बाटामा फालेको सामान  पनि खानुपर्ने बाध्यता थियो रे, हो ?

केही हदसम्म सहि हो। म त्यही व्यक्ति हुँ भनेर मलाई नै अचम्म लाग्छ। सत्य कुरा भन्न केको आइतबार ? मैले २५ दिनसम्म भात देख्न  पाइनँ। जब मान्छेको पेटमा भोकको ज्वाला दन्कन्छ, उसले बाँच्नका लागि जे पनि गर्छ।

जे पनि ?

हो, जे पनि। तै पनि मैले चोरी गरिनँ, अर्कालाई ठगिनँ। अरूको घरमा खाना पकाएँ। भाँडा मोलेँ। घर फर्किऊँ, गरिब परिवारको जेठो छोरो।  भाइबैनी र ऋणमा डुबेका बुबाको अनुहार सम्झना आउने, काठमाडौं बसौं, कसैले काम नदिने।

त्यसो भए आजको धुर्मुस कसरी बन्नुभयो ?

मान्छेलाई ईश्वरले गरी खा भनेर एक-एकवटा प्रतिभा दिँदा रहेछन्। मलाई अभिनयको प्रतिभा दिएका छन् भन्ने थाहा थियो। तपाईंलाई  भनिहालूँ, म कमेडीभन्दा सिरियस रोल राम्रो गर्छु। केही नाटकमा मेरो अभिनयको ठूलो प्रशंसा भएको थियो। ईश्वरले मेरो भाग्यमा धुर्मुस  भएस् भनेर आशीवार्द दिएका रहेछन्। ठीक व्यक्ति ठीक ठाउँमा नपुगुन्जेल मान्छेले दुःख पाउँछ, मेरो दुःख त्यस्तै हो।

सबैभन्दा पहिले कसले ब्रेक दियो ?

सहयोग त धेरैको छ। यद्यपि जितु नेपालले गीताञ्जली कार्यक्रममा ब्रेक दिनुभएको हो। उहाँ आफैं तलबाट उठेर आएको मान्छे भएर होला,  मेरो प्रतिभा चिन्नुभयो।

तपाईं धेरै थरीका अभिनय गर्ने कलाकारमध्ये गनिनुहुन्छ, हरिवंशलाई जित्ने योजना हो ?

हरिवंश र सन्तोष पन्तको तुलना कसैसँग हुन सक्दैन। यद्यपि मैले मेरीबास्सैमा २८ थरीका पात्रको अभिनय गरिसकें। म धेरै पात्र हुने  महत्वाकांक्षा पाल्नेभन्दा दर्शकलाई कसरी मनोरञ्जन दिने भन्ने कुरामा ध्यान दिन्छु।

एकै पटक फरक पात्र र उसको अभिनय गर्नु धेरै गाह्रो कुरा हो, कसरी समय निकाल्नुहुन्छ ?

मैले कुनै व्यक्तिलाई एकपटक ध्यान दिएर हेरें भने उसको दुरुस्त अभिनय गर्न सक्छु। कक्षा ९ मा पढ्दा एउटा कार्यक्रममा शिक्षकको अभिनय  गरेको थिएँ। उहाँलाई यति धेरै नराम्रो लागेछ, स्कुलमा ढोका थुनेर कुट्नुभयो। पछि साथीहरूले भने- तंैले दुरुस्तै कपी गरिस्, कुटाइ खानु  स्वाभाविक थियो। सायद प्रतिभा भनेको यही हो क्यारे !

जिन्दगीमा अचम्म लागेको कुरा के हो ?

दोस्रो नम्बर मेरो जीवनको लक्की नम्बर हो। म स्कुल पढ्दा सेकेन्ड हुन्थें। एसएलसी पनि सेकेन्ड डिभिजनमा पास भएँ। अहिले मेरी बास्सैको  स्थान पनि दोस्रो छ।

सानैदेखि यस्तै हुनुहुन्थ्यो ?

५ कक्षा नपुगुन्जेलसम्म म संसारकै सबैभन्दा लद्दु थिएँ होला। त्यस्तो लद्दु मान्छेले कसरी गरिखान्छ भनेर सबै चिन्ता गर्थे। मलाई त अहिले  पनि म संसारकै लद्दु व्यक्ति हुँ भन्ने लाग्छ।

करिश्माको पहिलो प्रेम ?



 नायिका करिश्मा मानन्धरले आफ्नो पहिलो प्रेमको रहस्योद्घाटन गरेकी छिन्। 'मेरो पुरानो अनि पहिलो प्रेम आज अनायासै सम्झिएँ,' सुन्दर  नायिका करिश्माले आफ्नो फेसबुक वालमा लेखेकी छिन्। आफ्नो त्यो प्रेमलाई चोखो अनि सुन्दर भनेर उल्लेख गरे पनि त्यो प्रेम कसरी  टुंगियो, उनले उल्लेख गरेकी छैनन्। त्यसपछि उनले एकै पटक आफ्नो सिउँदोमा विनोदले सिउँदो लगाइदिएको बताएकी छिन्।  त्यतिबेला  आफू कलिली भएकी र विनोदको पर्याप्त माया पाएको कुरा पनि लेखेकी छिन्। आफ्नो फेसबुकको भित्तोमा आफ्ना पुराना प्रेमीको सम्झना  आएको कुरा उल्लेख गरे पनि करिश्माले कसैको नाम भने उल्लेख गरेकी छैनन्। आफ्नो पहिलो प्रेम सम्झिएको कुरा श्रीमान् विनोद  मानन्धरलाई सुनाउँदा उनी मुस्कुराएको कुरा पनि करिश्माले बताएकी छिन्। करिश्मालाई अहिले पहिलो प्रेमको सम्झना किन आयो ? त्यो त  उनैलाई थाहा होला  तर फेसबुकमा सुन्दर नायिकाका ती हरफलाई धेरै जनाले मन पराएका छन्। कतिले लाइक गरे नै, सँगै कमेन्टका रू पमा आफ्ना भावना पनि व्यक्त गरेका छन्। कसैले बधाई पनि दिएका छन् भने कसैले विभिन्न अनुमान लगाउन पनि भ्याएका छन्।

घर फर्कँदा जेन्नीको बिकिनी उत्सव (फोटो फिचरसहित) Jenny Mccarthy hot Bikini Photos

 

केही वर्ष क्यालिफोर्नियास्थित हलिउडमा बिताएपछि अभिनेत्री जेन्नी म्याककार्थी हालै आफ्नो गृह नगर शिकागो फर्किइन् । घरफिर्तिको खुसियाली मान्छेले विभिन्न प्रकारले मनाउलान् तर जेन्नीले भने यसलाई आफ्नो गठिलो बिकिनी काया देखाउने अवसरको रुपमा उपयोग गरिन् ।

उमेर निकै ढल्किइसकेको भएपनि आफ्नो जिउ अझै तरुनीको जसतो भएको उनले देखाउन चाहन्थिन् । त्यसैले होला ४० औँ जन्मदिन मनाउन ४ महिनामात्र बाँकी रहेको बेला जेन्नीले छिर्केमिर्के बिकिनीमा केही हट पोज दिइन् ।

हालै प्लेब्वाय पत्रिकाका लागि न्युड फोटोशूट गरेकी एक सन्तानकी आमा जेन्नीले फोटोशूटका बेला लगाएको बिकिनी लस भेगासबाट खरीद गरेकी हुन् । आफु छोराकै लागि हलिउडबाट घर फर्किएको उनको भनाइ छ ।






कटरिना कैफ गायिका बन्दै



प्रियंका चोपडापछि बलिउडमा अर्की अभिनेत्री पनि गायिका बन्ने भएकी छिन् । सायद तपाइँलाई विश्वास नलाग्न सक्छ, तर यो कुरा साँचो हो की बलिउडकी टप नायिका कटरिना कैफ गायिका बन्दैछिन् ।

समाचार अनुसार यश चोपडाको आउँदो फिल्ममा उनले गुलजारको शव्द तथा ए आर रहमानको संगीतमा रहेको एक गीतमा आवाज दिनेछिन् । हुनत यसअघि कटरिनाले आदित्य चोपडाको फिल्ममा गीत गाउने बताइएको थियो । तर धूम-३ मा नभै उनले पहिले यश चोपडाकेा फिल्ममा गित गाउने भएकी छिन् । समरण रहोस् उनले धूम-३ मा गाउने गीतको रिहर्सल समेत गरिसकेकी थिइन् ।

यश चोपडाको आगामी फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी कटरिनालाई उक्त फिल्ममा नायिका सँगै गायिकाको रुपमा पनि देख्न पाइने भएको छ । सुत्रका अनुसार कटरिनाले गाउने चर्चा चलेसँगै उनलाई गीत गाउनका लागि थुप्रै अफर आएका छन् । अली अफरले कटरिनलाई आफ्नो एल्बममा युगल गीत गाउनका लागि अफर गरिसकेका छन् ।

बलिउडमा आफ्नी प्रतिद्वन्दी प्रियंका चोपडा गायन क्षेत्रमा प्रवेश गरेसँगै स्वरकी धनी कटरिनालाई पनि गित गाउने जंग चलेको हुनसक्छ । चोपडाले आफ्नो आवाजमा एक एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् भने अपूर्व लखियाको फिल्म जंजीरको एक रिमेक गितमा समेत आवाज दिने तय भएको छ ।

तप तप चुहियो मोनिकाको जवानी (भिडियो)



नव नायिका मोनिका दाहालले आफ्नो जवानी तप तप चुहाएकी छिन् । चलचित्र ‘लभ ईज लाईफ’मा उनको जवानी चुहिएको हो । भदौको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ ईज लाईफ’ मा राखिएको आईटम गीतमा मोनिकाको जवानीलाई मझैले पर्दामा उतार्न खोजिएको छ ।

राजेश पायल राई र अप्सरा घिमिरेले आवाज भरेको यो गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । गौतम क्रियशनको व्यानरमा तयार भएको यो चलचित्रलाई एल.एन गौतमले निर्देशन गरेका हुन् । चलचित्रका गीत, पटकथा र सम्वाद शंकर अधिकारी घायलले लेखेका हुन् ।

चलचित्रमा आयुष रिजाल, आशा भुषाल, युनिश ढुंगाना, स्मिता थपलिया, मोहन श्रेष्ठ, उमेश खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कुमार वोगटी र चन्दा बिडारीले निर्माण गरेका हुन् । हेर न हेर चुहीयो जवानी वोलको यो गीतमा मोनिका दाहालले खुलेरै अंगप्रदर्शन गरेकी छिन् ।

बिकिनीको प्रचारमा लली (फोटो फिचरसहित)





चर्चित फेसन म्यागेजिन भगकी कभर गर्ल तथा ग्लामर मोडेल रोबिन लली बेलायतको प्रसिद्ध भित्री वस्त्रको ब्राण्ड बक्स एभिन्यु की प्रचार दुत बनेकी छिन् । अस्ट्रेलियाकी २३ वर्षीया ललीले उक्त ब्राण्डका नयाँ बिकिनीको प्रचारका लागि हालै निकै कामोत्तेजक पोज दिएकी छिन् ।
बेलायतकी रियालिटी शो स्टार ओला जोर्डनलाई विस्थापित गर्दै उनी बक्स एभिन्युमा प्रवेश गर्न सफल भइन् । कामुक जिउडाल भएका विश्वका नामुद महिलाका लागि आजकल रोल मोडेल बन्न सफल भएकी लली थुपै्र म्यागेजिनमा छाइसकेकी छिन् ।
बेलायती बक्स एभिन्यु ब्राण्डका नयाँ उत्पादनको रुपमा रहेका र ललीले विज्ञापन गरेका यी ब्रा को मुल्य ३० पाउण्ड र पेन्टीको मुल्य १६ पाउण्ड सम्म पर्ने बताइएको छ ।