Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

करिश्माको पहिलो प्रेम ?



 नायिका करिश्मा मानन्धरले आफ्नो पहिलो प्रेमको रहस्योद्घाटन गरेकी छिन्। 'मेरो पुरानो अनि पहिलो प्रेम आज अनायासै सम्झिएँ,' सुन्दर  नायिका करिश्माले आफ्नो फेसबुक वालमा लेखेकी छिन्। आफ्नो त्यो प्रेमलाई चोखो अनि सुन्दर भनेर उल्लेख गरे पनि त्यो प्रेम कसरी  टुंगियो, उनले उल्लेख गरेकी छैनन्। त्यसपछि उनले एकै पटक आफ्नो सिउँदोमा विनोदले सिउँदो लगाइदिएको बताएकी छिन्।  त्यतिबेला  आफू कलिली भएकी र विनोदको पर्याप्त माया पाएको कुरा पनि लेखेकी छिन्। आफ्नो फेसबुकको भित्तोमा आफ्ना पुराना प्रेमीको सम्झना  आएको कुरा उल्लेख गरे पनि करिश्माले कसैको नाम भने उल्लेख गरेकी छैनन्। आफ्नो पहिलो प्रेम सम्झिएको कुरा श्रीमान् विनोद  मानन्धरलाई सुनाउँदा उनी मुस्कुराएको कुरा पनि करिश्माले बताएकी छिन्। करिश्मालाई अहिले पहिलो प्रेमको सम्झना किन आयो ? त्यो त  उनैलाई थाहा होला  तर फेसबुकमा सुन्दर नायिकाका ती हरफलाई धेरै जनाले मन पराएका छन्। कतिले लाइक गरे नै, सँगै कमेन्टका रू पमा आफ्ना भावना पनि व्यक्त गरेका छन्। कसैले बधाई पनि दिएका छन् भने कसैले विभिन्न अनुमान लगाउन पनि भ्याएका छन्।

No comments:

Post a Comment