Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कटरिना कैफ गायिका बन्दै



प्रियंका चोपडापछि बलिउडमा अर्की अभिनेत्री पनि गायिका बन्ने भएकी छिन् । सायद तपाइँलाई विश्वास नलाग्न सक्छ, तर यो कुरा साँचो हो की बलिउडकी टप नायिका कटरिना कैफ गायिका बन्दैछिन् ।

समाचार अनुसार यश चोपडाको आउँदो फिल्ममा उनले गुलजारको शव्द तथा ए आर रहमानको संगीतमा रहेको एक गीतमा आवाज दिनेछिन् । हुनत यसअघि कटरिनाले आदित्य चोपडाको फिल्ममा गीत गाउने बताइएको थियो । तर धूम-३ मा नभै उनले पहिले यश चोपडाकेा फिल्ममा गित गाउने भएकी छिन् । समरण रहोस् उनले धूम-३ मा गाउने गीतको रिहर्सल समेत गरिसकेकी थिइन् ।

यश चोपडाको आगामी फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी कटरिनालाई उक्त फिल्ममा नायिका सँगै गायिकाको रुपमा पनि देख्न पाइने भएको छ । सुत्रका अनुसार कटरिनाले गाउने चर्चा चलेसँगै उनलाई गीत गाउनका लागि थुप्रै अफर आएका छन् । अली अफरले कटरिनलाई आफ्नो एल्बममा युगल गीत गाउनका लागि अफर गरिसकेका छन् ।

बलिउडमा आफ्नी प्रतिद्वन्दी प्रियंका चोपडा गायन क्षेत्रमा प्रवेश गरेसँगै स्वरकी धनी कटरिनालाई पनि गित गाउने जंग चलेको हुनसक्छ । चोपडाले आफ्नो आवाजमा एक एल्बम सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् भने अपूर्व लखियाको फिल्म जंजीरको एक रिमेक गितमा समेत आवाज दिने तय भएको छ ।

No comments:

Post a Comment