Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

वडिगार्डले सेक्स रोक्ने



आफ्नो सिनेमा चलेपछि नयाँ धारको सुरुवात हुन्छ भनेर निर्माताहरु दावी गरी रहेका हुन्छन् । तर धेरै निर्माताहरुका यस्ता दाबीले हावा हावा खाइसकेका वेला केही निर्माताहरु भने यस्ता खालका भनाई बाहिर ल्याएर चलचित्रको प्रचारमा लागेका छन् । भदौ २९ गतेबाट देशभरका हलमा रिलीजमा आउन लागेको चलचित्र वडिगार्डका निर्माता सुशिल पोखरेलको दावी पनि यस्तै छ । अहिले नेपाली सिनेमामा सेक्स विकीरहेको छ । सेक्समा आधारीत रहेर सिनेमा वनाउनेहरुको वाढी नै लागि रहेको छ भने केही औँलामा गन्न सकिने सिनेमाले व्यापार राम्रै पनि गरेका छन् ।

तर चलचित्र वडिगार्डका निर्माता पोखरेल पनि आफ्नो सिनेमा चलेपछि यस्ता धारका सिनेमा सवै विस्थापित हुने वताउँछन् । उनले वडिगार्डले याक्सनको धार नेपाली सिनेमा क्षेत्रमा पुन भित्राउने दावी गरेका छन् । सेक्स, अश्लिल संवाद सवै विस्थापित भएर द्धन्दको धार पुन आउने निर्माताको दावी छ । राजेन्द्र उप्रेतिको निर्देशनमा तयार भएको चलचित्र वडिगार्डमा आकाश शाह र सौजन्य सुब्बाको मुख्य भुमिका रहेको छ । पुर्णतया द्धन्द प्रधान यो सिनेमामा नायक आकाश शाह देशको वडिगार्डको रुपमा देखिएका छन् ।

No comments:

Post a Comment