Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

नगर भन्दा भन्दै जिवनले चुम्वन गरेपछि..(भिडियोसहित)

 
नायक जिवन लुईटेल र नायिका स्वेता भट्टराईको जोडि अहिले मझैले जमेको छ । ‘व्ल्याक मेल’ सिनेमामा अभिनय गरेपछि यी दुईले ‘रिदम’ नामकको अर्को सिनेमामा पनि सँगै काम गरिरहेका छन् । वजारमा, जिवनकै सिफारीशमा स्वेताले रिदममा अवसर पाएको चर्चा पनि छ ।

चलचित्र ‘व्ल्याक मेल’मा जिवन र स्वेताको चुम्वनका दृश्यहरु देख्न सकिन्छ । यही भदौको २९ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्रमा दुबैले खुलेरै चुम्वनको दृश्य दिएका छन् । नायिका स्वेता र जिवनको चुम्वनका वारेमा सोध्दा यसका निर्देशक मधुसुदन भट्टराईले खासै वताउन भने चाहेनन् ।

उनले प्रोमो तयार पार्दा ती दृश्यहरु आकर्षक लागेकाले चलचित्रमा राखेको वताए । चलचित्रको प्रोमोमा चुम्वन नै विकाउन खोजेको देखिन्छ । चलचित्रमा नायक सुमन सिंह पनि छन् । सुमन र जिवनको घम्सा घम्सी र व्ल्याक मेलमा आधारीत रहेर सिनेमा तयार भएको छ । चलचित्रलाई शरद अधिकारीले निर्माण गरेका हुन् ।

No comments:

Post a Comment