Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

किरा परेको तरकारी राम्रो !



तपाई बजारमा काउली किन्दै हुनुहुन्छ भने केमा ध्यान दिनुहुन्छ ? पक्कै पनि किरा नभएको र सफा । वनस्पतिविद तीर्थबहादुर श्रेष्ठको बानी भने ठिक्क उल्टो छ । जुन काउलीमा किरा भेटिन्छ त्यही नै उहाँले छान्ने गर्नुभएको छ ।

हरेक विहान घर नजिकै सानेपाचोकमा ओल्टाईपल्टाई गरेर तरकारी किन्ने उहाँले किरा भएकालाई छान्ने गर्नुभएको छ । ‘सफा र राम्रो देखिदैमा त्यो तरकारी स्वस्थ्यवर्द्धक हुँन्छ भन्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘तरकारी जति सफा र राम्रो देखिन्छ त्यतिनै विषादीयुक्त हुनसक्छ ।’

१०/१२ बर्ष अघि पाँचखालबाट आएको तरकारी नखानु भन्थे रे । त्यतिखेर त्यहाँका किसानले विषादी प्रयोग गर्ने गरेको रहेछन् उहाँले भन्नुभयो । यति सम्म कि बजारमा बच्ने र घरमा प्रयोग गर्ने पनि बेग्ला बेग्लै रोप्ने गरेको चर्चा चलेको  आजको नागरिकमा खबर छ ।

बजारमा धेरै प्रकारका तरकारी पाईने भएपनि काउली छान्दा राम्रो बढी सेतो हुनेमा बढी विषादी प्रयोग भएको हुनसक्ने श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment