Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

करीनाको सेक्स सिनले सैफलाई पिरलो



बहुप्रतिक्षित बलिउड फिल्म हिरोइनको ट्रेलर हालै सार्वजनिक भएको छ र यो फिल्ममा करीना कपूरका निकै कामुक दृश्यहरु समेत सार्वजनिक भएका छन् । यो फिल्ममा अभिनेत्री करीना कपूरले अभिनेता अर्जुन रामपाल सँग निकै इन्टिमेट सिन दिएकी छिन् र त्यसमध्ये केही निकै नै कामुक सेक्स सिन समेत रहेका छन् ।

हुनत यी कामुक दृश्यको यथार्थ कथा र कलाकारको परिस्थिति निकै नै भिन्न छ । करीना र अर्जुन रामपाल दुबैले निकै दबाब र तनावमा यस्ता दृश्य दिएका बताइन्छ । वास्तवमा करीनाका हुनेवाला पति सैफ अली खानले यस्ता दृश्य नदिन करीना र अर्जुन दुबैलाई दबाब दिएका र हपार्ने समेत गरेका जस्ता खबर पनि आएका थिए । यद्यपि यसको यथार्थ खुलासा भने हुन सकिरहेको छैन । तथापि अर्जुन रामपालको पछिल्लो भनाइले भने करीना र अर्जुनका इन्टिमेट दृश्यलाई सैफले मन नपराएको र यस्ता दृश्य दिँदा अर्जुन निकै तनावमा हुने गरेको प्रष्ट भएको छ ।

हालै हिरोइनको ट्रेलर सार्वजनिक समारोहमा अर्जुन रामपालले पत्रकारसँग बताए अनुसार उनी बेबो सँग त्यस्ता दृश्य दिँदा निकै तनावमा हुन्थे । ‘ मलाई ती क्षण नसम्झाउनुस्, ती निकै नै आश्चर्यजनक क्षण थिए । मैले ती क्षणलाई जिन्दगीभरी सम्भिmरहनेछु । त्यसबेला म सधै नै खराब मूडमा हुन्थेँ । अहिले आँखा चिम्लेर ति क्षण सम्भिmँदा हाँसो उठ्छ ।’ पत्रकारको जिज्ञासामा अर्जुन रामपालले भनेका छन् ।

के तपाइँलाई त्यस्ता दृश्य नदिनका लागि सैफले धम्की दिने गरेका थिए र ? भन्ने पत्रकारको जिज्ञासामा भने अर्जुन रामपाल मज्जाले तर्किए र भने ‘सैफ र म एउटै ग्यांगका सदस्य हौँ र एक अर्कालाई सम्मान गर्छौँ, म इमान्दार मान्छे भएकाले त्यस्तो कुनै धम्कीको आवश्यकता परेन ।’

अर्जुन रामपालले यस्तो भनेर तर्किन खोजेपनि फिल्म शुटिङको बेलाको उनको अनुभुति सुन्दा दालमा केही कालो अवश्य थियो भन्ने लख काट्न सकिन्छ । आफ्नी हुनेवाला स्वास्नीले परपुरुषसँग चाहे फिल्ममै किन नहोस् सेक्स सिन दिएको सैफलाई सहिसक्नु हुने कुरै भएन, कि कसो ?

No comments:

Post a Comment