Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

यौनसम्पर्कका लागि सन्नीले प्रमाणपत्र मागेपछि…………



पर्दामा सेक्स सिन उतार्न बलिउड परिपक्व बनिसकेको छ र पर्दामा उतारिएका दृश्य केवल देखाउनका लागि मात्र हुन् भन्ने सबैलाई थाहा छ । तर बलिउडमा आफ्नो पहिलो फिल्ममै सेक्स सिन दिन पुगेकी पोर्न स्टार सन्नी लियोनलाई भने बलिउड फिल्मका सेक्स सिन केवल नाटक मात्र हुन् भन्ने थाहा भएन । उनले मूलधारका फिल्ममा सेक्स सिन दिँदा पनि पोर्न फिल्ममा जस्तै गरी हिरोसँग साँच्चीकै सेक्स गर्नुपर्ने हो की भन्ने सोँचिछन् । त्यसैले होला जिस्म-२ को शुटिङका बेला उनले निकै अनौठो प्रस्ताव गरिन् ।

हालै खुलासा भएको समाचार अनुसार सन्नी लियोनले जिस्म-२ मा अभिनेता रणदिप र अरुणोदय सँग सेक्स सिन दिनुभन्दा अघि ती दुइ हिरोको मेडिकल सर्टिफिकेट माग गरेकी थिइन् । सेक्स दिन दिँदा साँच्चीकै हिरोसँग सेक्स गर्नुपर्ने र त्यसरी सेक्स गर्दा कुनै जोखिम नहोस् र यौन रोग नलागोस् भनेर उनले हिरोहरुको निरोगिताको प्रमाणपत्र माग गरेकी बताइएको छ ।

श्रोतका अनुसार फिल्मको इन्टिमेट दृश्यको छायांकन गर्नुअघि सन्नीले फिल्म निर्देशक पुजा भट्टलाई इमेल गरेर रणदिप र अरुणोदयको निरोगिताको प्रमाणपत्र आफुलाई दिन माग गरेकी थिइन् । उनले आफु निरोगी रहेको मेडिकल सर्टिफिकेट समेत पूजालाई पठाएकी थिइन् । आफुले फिल्म सुटिङका दौरान सेक्स गर्दा एचआइभी लगायतका यौनरोग नलागोस् भनेर उनले यसो गरेकी थिइन् ।

सन्नीले यस्तो आसयसहितको इमेल पठाएपछि पूजा भट्ट तिनछक परिन् । उनले त्यसपछि आफै सन्नीसँग गएर फिल्ममा सेक्स सिन दिँदा साँच्चीकै सम्भोग गर्न नपर्ने र केवल उत्तेजक हाउभाउमा अँगालोमा बेरिए पुग्ने बताइन् । एडल्ट फिल्ममा जस्तो बलिउडमा सेक्स गर्नु नपर्ने उनले बताएपनि सन्नी बल्ल ढुक्क भइन् ।

श्रोतका अनुसार दुइ लक्का जवान हिरोसँग फिल्म सुटिङ गर्दा साँच्चीकै सेक्स गर्ने कुराले सन्नी लियोन सुरुमा निकै उत्साहित थिइन् । तर फिल्ममा साँच्चीकै सेक्स गर्न नपर्ने थाहा पाएपछि उनी केही हच्किएको तथा दुखी बनेको बताइन्छ ।

स्मरण रहोस् सन्नी लियोनले अभिनय गरेको पहिलो बलिउड फिल्म जिस्म-२ आज अगष्ट ३ शुक्रबारका दिन रिलिज भएकोछ ।

No comments:

Post a Comment