Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

अश्लिलता फैलाएको आरोपमा विद्या बालन पक्राउ पर्ने


फिल्म ‘डर्टी पिक्चर’ मा मुक अभिनय सँगै चर्चामा आएकी अभिनेत्री विद्या बालन विवादमा फसेकी छिन् । हैदरावादको एक अदालतले उनले अश्लीलता फैलाएको ठहर गरेको छ । फिल्मको एक पोस्टरका माध्यमबाट अश्लीलता फैलाएको विद्यामाथि आरोप लागेको छ । साइ कृष्णा आजादले हालेको मुद्धामा नामपल्ली अदालतले यस्तो फैसला गरेकाे हो ।
पोष्टरमा विद्याले रातो रंगको ब्लाउज लगाएकी छिन् । अदालतले विद्या विरुद्ध फैसला गर्दै कारवाही गर्न प्रहरीलाई आदेश दिएको छ ।
प्रहरीले अदालतको फाइल प्राप्त हुनासाथ कारवाही अगाडि बढाउने जानकारी दिएको छ । अब विद्यासँग यसबारेमा सोधपुछ गरिने प्रहरीको भनाइ छ ।

दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जिवनकथामा आधारित डर्टी पिक्चरमा विद्याले निकै कामुक अभिनय गरेकी छिन् ।
यस्तो अभिनयका कारण कतिपयले विद्यालाई सफ्ट पोर्न स्टार समेत भन्न थालेका छन् ।
विद्याले यो फिल्म खेल्नका लागि १२ किलोग्राम वजन बढाएको बताइन्छ ।
सुपरहिट बनेको यो फिल्मले रिलिज भएको पहिलो हप्तामै ५० करोड भारु आम्दानी गरेको छ ।

No comments:

Post a Comment