Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

५० करोड डलरको विश्वकै सबैभन्दा ठूलो र महङ्गो निजी जेट विमान चढ्ने व्यक्ति


साउदी अरेबियाका शेख अलवालीद बिन तलाल त्यस्ता व्यक्ति हुन्, जसले विश्वकै सबैभन्दा महङ्गो निजी जेट विमान चढछन् । उनले चढ्ने निजी जेट विमानको मूल्य ५० करोड डलर रहेको बताइएको छ ।
साउदी नागरिक तलालले चढ्ने बिमान महङ्गो मात्रै होइन, विश्वकै सबैभन्दा ठूलो विमान पनि हो । तलालले सन् २००७ मा एयरबस ए–३८० बनाउन अर्डर दिएका थिए । जुन विश्वकै ठूलो विमान हो ।

समाचारका अनुसार उक्त एयरबसलाई खरिद गर्ने व्यक्ति विश्वकै एकल ठूलो ग्राहक हो । तलालको उक्त विमान यसैवर्ष डेलिभरी हुन लागेको बताइएको छ ।
तलाल साउदी अरेबियाका सिटी बैंकमा प्रमुख व्यक्तिहरु मध्येका एक हुन् । उनीसँग यस बाहेक पनि कयौं निजी जेट विमान र सुविधा सम्पन्न गाडीहरु भएको बताइएको छ ।

No comments:

Post a Comment