Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

चुरौटे कुकुर


चीनका एक व्यक्तिले आफ्नो घरपालुवा जनावर कुकुरलाई चुरोट खाने तालिम दिएकोमा आलोचनाको पात्र बन्न पुगेका छन् । हुबर्ेइ प्रान्तको वुचाङ निवासी जेङ जिगुयाङ, २३, पेशाले भान्से हुन् । उनले उनको घरमा पालेको कुकुर ब्लाकीलाई किनेर ल्याउने बित्तिकै चुरोट ख्वाउन थालेका थिए ।

अहिले ब्लाकी चुरोटको अम्मली भएको
उनले दाबी गरिरहेका छन् । ब्लाकीलाई दिनको कम्तीमा एक बट्टा चुरोट चाहिने उनले बताएका छन् । चुरोट खान पाएन भने कुकुर अस्थिर हुने गरेको पनि उनले बताएका छन् ।

"सुरुमा त चुरोटको गन्ध उसलाई पटक्कै मन पर्दैनथ्यो", जेङले भने- "तर पछि खाँदै जाँदा ऊ पूरै अम्मली हुन थाल्यो । अहिले त बुङबुङ्ती धुँवा उडाउने गरेको छ ।"

त्यसो त जेङ आफैँ पनि चुरोटको अम्मली हुन् । आफूले चुरोट खाने बेलामा साथी कोही नपाएपछि कुकुरलाई साथी बनाउँदा बनाउँदै कुकुर पनि अम्मली बन्न पुगेको उनले बताएका छन् । खाना खाइसकेपछि कुकुरले पनि चुरोटको सर्को तान्न पाउने उनले बताए ।

तर उनले कुकुरलाई चुरोटको बानी पारेको कुरालाई उनका छिमेकीले चाहिँ रुचाएका छैनन् । कुकुरलाई अम्मली बनाएकोमा उनलाई जेल हालिनुपर्ने केही छिमेकीहरुको धारणा रहेको छ ।

"ऊजस्तो खतरनाक कुकुर पालुवा मैले देखेको थिइनँ", एक छिमेकीले चाङजियाङ दैनिकले लेखेको छ ।

No comments:

Post a Comment