Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

मुड राम्रो बनाउन प्रशंसा


आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन एउटा कम्पिलमेन्ट (प्रशंसोक्ति) नै काफी छ । साथीको मुड बनाउन महँगो उपहार वा अरू यावत् कुरा दिनु पुराना जमानाका कुरा भए ।

स्पार्कल अन क्याम्पेन अन्तर्गत भएको अनुसन्धान अनुसार, तपाईँका जीवनसाथी वा साथीको खुसी वास्तवमा ससाना कुरामा अल्झिएको हुन्छ । बेलायतमा २५ वर्षदेखि ४५ वर्ष उमेर समूहका १ हजार ५६ महिलामा गरिएको सर्वेक्षणपछि वैज्ञानिकहरू  यो निष्कर्षमा पुगेका हुन् ।

सर्वेक्षणमा संलग्न महिलामध्ये ६४ प्रतिशतले मौसम राम्रो भए उनीहरूको मुड समेत राम्रो हुने बताएका थिए । करिब ४१ प्रतिशतभन्दा बढीले राम्रो प्रशंसा वा कम्प्लिमेन्ट वा टेक्स्ट म्यासेजले उनीहरूको मुड राम्रो हुने बताए ।

अर्को अनुसन्धानमा बोर हुने व्यक्तिहरूले कार्यालयमा फ्लर्ट गर्ने दाबी गरिएको छ ।

बेलायतको सर्रे विश्वविद्यालयका मनोवैज्ञानिकको एउटा टोलीले सर्वेक्षणपछि यो तथ्य पत्ता लगाएका हुन् । सर्वेक्षणमा, कार्यालयमा फ्लर्ट गर्ने व्यक्तिहरू आफ्नो कामप्रति निकै कम सन्तुष्ट रहेको पाइयो ।

यसपछि यही अनुसन्धानको फलोअप गर्दा, कार्यालयमा फ्लर्ट गर्ने मानिसमा भावनात्मक बुद्घमित्ताको कमी रहेको समेत देखियो । यस्ता व्यक्ति अर्काको भावनालाई अपेक्षित रूपमा बुझ्दैनन् वा बुझ्न खोज्दैनन् ।

अर्को अनुसन्धान अनुसार, यही कुरो महिलाको हकमा भने उल्टो हुन्छ । अर्थात्, जुन महिला कामको समय फ्लर्ट गर्छन्, उनीहरू आपmनो कामप्रति धेरै खुसी हुन्छन्, सन्तुष्ट हुन्छन् ।

No comments:

Post a Comment