Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

अब महिला ‘कामसुत्र’ पनि.......


यौन विज्ञानमा आधारित पुस्तक ‘कामसुत्र’को बारेमा हामीलाई जानकारी नै छ । उक्त पुस्तकलाई वात्सायनले धेरै वर्ष पहिले लेखेका थिए, जुन अद्यावधी पनि प्रचलनमा छ । कामसुत्रलाई पुरुषका दृष्टिकोणबाट यौनका लागि उत्तम पुस्तक मानिदै आएको छ । जुन पुस्तकले यौन गर्दाका आसन, तौर, तरिकाको ज्ञान दिने गर्छ ।
तर, अब भने वात्सायनले लेखेको कामसुत्र पुस्तक पुरुष नजरबाट लेखिएको पुस्तक हो भन्दै चर्चा हुन थालेको छ । वात्सायनको उक्त पुस्तकले महिलालाई नसमेटिएको भन्दै महिला कामसुत्र पुस्तक प्रकाशित हुन लागेको छ ।
आर इन्दिरा नामक एक भारतीय महिला लेखिकाले महिलाका लागि कामसुत्र पुस्तक लेखिरहेकी छिन् । उक्त पुस्तकमा महिलाका तर्फबाट यौनलाई विश्षेणगर्दै यौनासन, उत्तेजना, कामवासना लगायतका यौन विज्ञानका कुरा समावेश हुने जनाइएको छ ।
लेखिका इन्दिराको महिला कामसुत्र अंग्रेजी महिना जूनको पहिलो हप्ता अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुने बताइएको छ । पुस्तक महिलालाई ध्यानमा राखी लेखिएको हो । उक्त पुस्तकले महिलालाई सेक्स सम्बन्धी ज्ञान दिने बताइएको छ ।
लेखिकाले महिलालाई पनि सेक्सुल अत्मनिर्भरता चाहिने बन्दै पुस्तकमा महिलाको प्रजनन भुमिकाबारे पनि व्याख्या गरेको बताएकी छिन् ।

No comments:

Post a Comment