Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

नारी सुन्दरताका सात आयाम: आँखा, ओठ, केश, वक्षस्थल, हिप, शरीर, उचाइ

न ढाँट्न आवश्यक छ, न अप्ठेरो मान्न; पुरुषका लागि नारी वक्षस्थलमा पर्याप्त आकर्षक हुन्छ। नारीको वक्षस्थलले उनलाई । 
नारीको चरित्र वा गुणलाई बत्तीस लक्षणको कसीमा राखेर परख गर्ने चलन छ। नारीको सुन्दरता मापन गर्ने प्रश्नमा कुनै स्थापित मापक भेटिँदैन तथापि परापूर्व कालमा होस् वा आधुनिक समयमा नारी सुन्दरता झल्काउने केही अवयवमा आधारभूत समानता देखिन्छ। नारी सौन्दर्यका प्रतीकका रूपमा स्वीकार गरिएका सात आयाम अन्तरसम्बन्धित छन्।

आँखा

आँखालाई नारी सुन्दरताको केन्द्र मानिन्छ। आँखाबाट मनको कुरा पढ्न सकिन्छ। पुरुषको तुलनामा नारीलाई संवेदनशील र रहस्यमय लिङ्ग मानिन्छ। नारी जातिको संवेदनशील-मनोभाव आँखामा देख्न सकिने मान्यता कतिपय मनोविज्ञको छ। सामान्यतयाः साइजमा ठूला र रंगमा गाढा आँखालाई सुन्दरताको कोटीमा राखिन्छ, 'मृगनयनी' को प्रशंसा त्यसै भएको होइन। यसको अर्थ ठूला आँखा राम्रा र साना आँखा नराम्रा भन्न खोजिएको होइन। ठूला हुन् वा साना, नारीका आँखा हुन्छन् त केवल सुन्दर, ती चाहे लोलाएका हुन् वा टोलाएका। नारीका आँखामा सुन्दरतासँगै मादकता देख्ने पुरुष नजर पनि कम छैनन्। त्यस्ता घायल पुरुष नजर पंकज उदासको गजल भावमा सहमति जनाउँछन्-'आँखे हो या जाम सराब, दिलवालोंका हाल खराब।' बोतलको नशा र आँखाको नशा तुलना गर्नेमध्ये धेरैले आँखाको नशामा बढी मादकता हुने बताएका छन्। पंकज उदास भन्छन्, 'आँखोसे पी रुत मस्तानी हो गई, जामसे पिना रस्म पुरानी हो गई !'

ओठ

नारी सुन्दरता झल्काउने अर्को महत्वपूर्ण अवयव ओठ हो। सुन्दरतामा अनुहारको भूमिका बढी हुन्छ भने ओठले अनुहारको सुन्दरता निर्धारण गर्छ। अझ ओठ खोल्दा देखिने दन्तलहरले सुन्दरतामा निखार थप्छ। महिलाहरू ओठ खोल्दा मात्र सुन्दर देखिँदैनन्, ओठ टोक्दा पनि आकर्षक देखिन्छन्। ओठ टोक्दा हुने नारी आकर्षणलाई धेरैले 'ज्यानमारा' भनेकाछन्। लिपिस्टिक पोत्दा सुन्दर देखिए पनि ओठको सुन्दरता लिपपोत नगर्दा पनि उत्तिकै आकर्षक देखिन्छ।

नारीका आँखामा आँखा जुधाएर हेर्न नसक्ने पुरुषका लागि नारीको ओठ नजर डुलाउने राम्रो माध्यम बन्छ। भुक्तभोगीहरू भन्छन्, 'नारी सुन्दरता र आकर्षणमा ओठको स्थान तब मात्र बुझिन्छ, जब ओठको दर्शन मात्र गरिँदैन, तिनको पान पनि गरिन्छ।' आँखा र ओठको सम्बन्ध विशेष मानिएको छ, मनोवैज्ञानिक र सुन्दरताका दृष्टिकोणले पनि। सुन्दरता र मनोविज्ञान दुवै झल्कने गरी यी दुईबीचको सम्बन्धलाई यसरी व्यक्त गर्दा उत्तम होला-

ए गाजलु नानी,

ओठ खोल्नुपर्दैन

गाजलु नयन उठाइदिए पुग्छ

ए लजालु नानी,

ओठ टोक्नुपर्दैन

नशालु नयन झुकाइदिए पुग्छ।


केश

बजारमा पुरुषले लामो र नारीले छोटो केश राख्ने फेसन चलेको किन नहोस्; नारीको वास्तविक पहिचान, आकर्षण र सुन्दरता लामो केशमै छ। लामो केशको लम्बाइ मापदण्ड, रंगरोगनको प्रकृति, केश कोर्ने-बाँध्ने शैली आदिले सुन्दरतामा विविधता ल्याउँछन्। केश राम्रोसँग कोरीबाटी अघिल्तिर थोरै जुल्फी छाड्ने स्टायल वा पूरै केशलाई बतासको दिशामा स्वतन्त्र छाडिदिने व्यवहार, दुवै पुरुषको मनमा काउकुती लगाउन सक्षम हुन्छन्। कुन चाहिँ 'पागल' पुरुष मन नहोला, जो नारीको केशको छायामुनि सुस्ताउन नचाहला ? दुनियाँ भुल्न नचाहला ?

वक्षस्थल

न ढाँट्न आवश्यक छ, न अप्ठेरो मान्न; पुरुषका लागि नारी वक्षस्थलमा पर्याप्त आकर्षक हुन्छ। नारीको वक्षस्थलले उनलाई पुरुषभन्दा शारीरिक रूपमा भिन्न पार्ने भएकाले यसतर्फ पुरुषको आकर्षण धेरै भएको हुनुपर्छ। त्यसबाहेक, प्रकृतिको स्वाभाविक एवं विशिष्ट उपहार मानिएको नारी-पुरुष शारीरिक सम्बन्धमा हुने नारीको वक्षस्थलको विशेष भूमिकालाई सबैले स्वीकार गरेका छन्। पुरुषको विशेष नजर हुन्छ भन्ने बुझेर होला, अधिकांश नारी आˆनो वक्षस्थलको सुन्दरता मेन्टन गर्न विशेष अग्रसरता देखाउँछन्।

हिप

पुरुषको तुलनामा नारीको हिप ठूलो हुन्छ। नारीको हिपले एकसाथ दोहोरो काम गरेको हुन्छ। खासमा आमा बन्ने बेला शिशु जन्मन सजिलो हुने प्राकृतिक स्वार्थका कारण नारीको हिप ठूलो हुने गरेको हो। मातृत्व सुख प्राप्त गर्न ठूलो हिपले सहज भूमिका निर्वाह गर्नुका अतिरिक्त सुन्दरता अभिवृद्धिको सन्दर्भमा औसतभन्दा ठूलो हिप नै राम्रो मानिन्छ। युवतीहरूको हिपतर्फ आँखा डुलाउनेहरू धेरै छन्। हिपलाई सुन्दरताको प्राथमिक आधार नबनाउनेहरूले पनि यसलाई कुनै न कुनै रूपमा महत्त्व दिएकै हुन्छन्।

उचाइ

होचा युवती अग्लाभन्दा सुन्दर हुन्छन् भनिए पनि अग्ला युवतीको आकर्षण बेग्लै हुन्छ। अग्ला युवतीको शारीरिक बनोटको सन्तुलन मिल्न भने त्यति सहज हुँदैन। जस्तो- शरीरको लम्बाइमा खुट्टा, हिप र छातीको पर्याप्त पुष्टता कायम नहुन सक्छ। यद्यपि भारतीय नायिका तब्बु स्टाइलमा सेतो कुर्ता लगाई दोपट्टासँगै केश उडाउँदै आउने अग्ली युवतीको खोजी गर्ने पुरुष आँखाहरू कम छैनन्। नारी उचाइको बढी चर्चा जीवनसाथी छान्दा हुन्छ हाइट मेन्टेन गर्ने क्रममा। पुरुषको आकर्षण र व्यक्तित्वमा उचाइको जति स्थान छ, महिलामा भने त्यति हुँदैन।

शरीर

नारीको शरीर हेरेर पनि सुन्दरता निक्र्योल गरिन्छ। पहिलेको तुलनामा खाइलाग्दी युवतीको चाहना घट्दो छ अचेल। तुलनात्मक रूपमा दुब्लो शरीरलाई धेरैले राम्रो मान्छन्। आजभोलि त जिरो फिगरको भूत नै सवार भएको छ युवतीहरूमा। मोटो शरीरमा शरीरका विभिन्न अवयव (माथि उल्लेख गरिए लगायतका) को न अवस्थिति प्रस्टिन्छ, न तिनको आकार नै स्पष्ट हुन्छ। यति मात्र होइन, व्यक्तित्व र शारीरिक स्वास्थ्यका लागि समेत दुब्लो शरीरको आवश्यकताबोध बढी भएको हो।

नारी सुन्दरतामा लवाइखवाइ, बोलीचाली एवं हाउभाउको भूमिका उत्तिकै छ। सुन्दरताका सातै आयाम भेटिने नारी भेट्न गाह्रै हुन्छ। कल्पनामै सही, जब सुन्दरताका सात रंगजडित इन्द्रेणीस्वरूप नारी भेटिन्छन्, पुरुष मन भन्छ—

'चर्चा तिम्रै चलेको छ बादलपारिको देशसम्म।

खोट लाउने ठाउँ छैन पाउदेखि केशसम्म।'

No comments:

Post a Comment