Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने

इसाडोरा अल्मन
यौन परामर्शदाताको हैसियतले पहिलोपटक यौन सम्पर्क राख्न लागेका तन्नेरीलाई कस्तो परामर्श दिने भन्ने विषयमा मैले हरेक महिना सोच्नुपरेको छ ।
योलेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ ।

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी
-हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ ।
आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना ।
बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथीलाई विश्वास गर । गोपनीयता र उपयुक्त समयको प्रबन्ध मिलाऊ । आवश्यक सावधानी अपनाऊ । अर्को कुरा, यौनसाथीलाई म प्रेम गर्छु र उसाग विवाह गर्न समेत मलाई कुनै आपत्ति छैन भन्नेमा विश्वस्त होऊ ।’ यौन परामर्शदाताका हैसितयले आज मैले तन्नेरीहरूलाई सुझाव दिनुपर्दा बाबुले भनेका कुरालाई सम्भिmने गरेको छु र त्यस्तै  खालको परामर्श दिने गरेकी छु ।
पहिलोपटक यौन सम्पर्क राख्नुपूर्व असल नियतका साथ सेक्स गर्दै छु र यसले मलाई खराब गर्दैर्न भन्नेमा तन्नेरीहरू विश्वस्त हुनुपर्छ । यस्तो सोचाइ आयो भने यौन साथीप्रति तपाईंमा प्रेम जाग्छ, उसको अगाडि खुलस्त हुने इच्छा बढ्छ र केही कौतुहलता पनि उत्पन्न हुन्छ । त्यतिबेला तपाईंले दबाब महसुस गर्नु हुादैन ।
यौन साथीले तपाईंको शरीर, भावना र आत्मस्वाभिमानलाई कुशलतापूर्वक सम्हाल्न सक्छ भन्नेमा पनि तपाईं विश्वस्त हुनुपर्छ । साथै तपाईंले सेक्सका लागि आवश्यक तयारी समेत गर्नुपर्छ । कतिपय तन्नेरी कामुकता र आवेगको लहडमै रमाउने गर्छन् । यो उत्ताउलो स्वभाव हो । आवश्यक तयारीले तपाईंको भलाइ गर्छ । कहिले र कहां सेक्स गर्ने भन्ने सोच्नुहोस् । योजनाबारे यौन साथीसाग छलफल गर्नुहोस् । समय, गोपनीयता, सहज र आरामदायी परिवेश तथा सरसफाइको व्यवस्था मिलाउनुहोस् । पहिलो सेक्सको अनुभव तपाईंले कल्पना गरेभन्दा नितान्त भिन्न हुनसक्छ । महिला तथा पुरुष दुवैका लागि यो अस्तव्यस्त समेत हुनसक्छ । सेक्सपूर्व तपाईंले सावधानी अपनाउनु आवश्यक हुन्छ । अनावश्यक गर्व नरहोस् भनेर मात्र नभई, रोग नलागोस् भन्नेप्रति पनि तपाईं उत्तिकै चनाखो हुनुपर्छ । कण्डमको प्रयोगले अवाञ्छित गर्भ र यौन रोग दुवैबाट मुक्ति दिन सक्छ । भर्खरै खरिद गरिएको कन्डम प्रयोग गर्नु राम्रो हुन्छ । गोजी अथवा पर्समा वर्षौादेखि कोचेर राखिएको कन्डम प्रयोग नगर्नुस् । यौन सम्पर्कलाई सरल र आरामदायी बनाउन र यौनाङ्गको सुखापनबाट हुनसक्ने कष्ट कम गर्न थुक -र्‍याल) ले केही मद्दत पुर्‍याउन सक्छ । तर, यसका लागि बजारमा चिल्लो पदार्थ पाइन्छन् । यसको जोहो गर्नाले तपाईंको भलाइ गर्छ । पहिलो यौन सम्पर्कबाट धेरै आशा नगरेकै राम्रो । पहिलो अनुभवले हतोत्साही गराउन सक्छ । यसले पीडा दिन सक्छ । नयांखालको आवाज र गन्धसाग तपाईंको साक्षात्कार हुनसक्छ । सेक्सका बेला शरीरले कसरी काम गर्छ भन्ने बुझिसकेपछि मात्रै तपाईंले सेक्समा सहजता महसुस गर्न सक्नुहुन्छ ।
साभारः साइकोलोजी टुडे

No comments:

Post a Comment