Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

शिक्षिकाले आफ्नै छात्रसँग पटक पटक यौन सम्पर्क


 नोर्थाम्प्टन क-उन्टी, पेन्सिलभानिया, अमेरिका (एजेन्सीहरू)- सबैले सम्मान र श्रद्धा गर्ने पात्रहरूमध्ये शिक्षक पनि एक हुन् । जब शिक्षक नै कुकृत्यमा लाग्छन् भने अरूलाई के भन्ने ? त्यसमा पनि आफ्नै शिष्यसँग शिक्षकले अनैतिक सम्बन्ध राख्नुले उसका- गरिमा घट्नु स्वाभाविकै हुन्छ ।
पेन्सिलभानियास्थित एउटा हाई स्कुलकी शिक्षिकाले आफ्नै विद्यार्थीसँग पटकपटक यौनसम्पर्क गरेर गुरुहरूको शिर निहुराएकी छन् । शिक्षिका छँदै उनले १७ वषर्ीय छात्रसँग धेरैपटक अनैतिक सम्पर्क गरेको सार्वजनिक भएपछि उनी पक्राउ परेकी छन् । हाल उनी पदबाट राजीनामा दिइसकेकी छन् । ती शिक्षिकाले छात्रलाई कहिले आफ्नै कारमा त कहिले होटलहरूमा लगेर यौनसम्पर्क राख्दै आएकी थिइन् । २५ वर्षीया पूर्वशिक्षिका रचेल फ्यारेले विवाह गरेको दुई महिनापछि नै विद्यार्थीसँग कथित यौनसम्बन्ध राख्न थालेकी थिइन् । उनी पेसिल्भानियाको बंगोर क्षेत्रस्थित हाई स्कुलका ११ कक्षामा विद्यार्थीहरूलाई 'रिडिङ लर्निङ' पढाउँथिन् ।
रसेल हाल पतिसँग समेत पारपाचुके गरिसकेकी छन् । उनीमाथि एक नाबालिकलाई भ्रष्ट बनाएको आरोपमा कारबाही समेत गरिएको छ । स्थानीय प्रहरीहरू भन्छन्, 'शिक्षिका रसेलले तीन अन्य छात्रसँग समेत यौनसम्बन्ध कायम गरेको अनुसन्धानको क्रममा खुलेको छ ।' ती किशोर छात्रको उमेर हाल १८ वर्ष पुगेको छ । प्रहरीले 'पीडित' छात्रलाई उद्धृत गर्दै 'रसेलले फेसबुकमार्फत विद्यार्थीलाई फकाएकी हो, शिक्षिकाको मिठोमिठो कुराले उनी जालमा फसेका रहेछन्' बताएको छ । छात्रले प्रहरीसँगको बयानमा भनेका छन्, 'पहिले फेसबुकमा सम्पर्क भयो, त्यसपछि हामीबीच कयौंपटक छुट्टाछुट्टै स्थानमा यौनसम्बन्ध कायम भएको थियो । मसँग गुरुआमाले कहिले सुनसान ठाउ त कहिले पार्किङमा समेत सम्बन्ध स्थापित गर्नुभएको थियो ।' यसबारे अनुसन्धानमा खटिएका प्रहरीहरूका अनुसार स्थानीय वालमार्ट र दुईपटक मोनरो काउन्टीको तन्नेस्भिर्ल्लेको रमादामा पनि ती छात्रसँग रसेलले यौनसम्पर्क गरेको खुलेको छ । 'शिक्षिकाले स्कुलमा आफ्ना सहकर्मीहरूसँग १७ वर्षका दुई जना विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको धेरै पहिले स्विकारे थिइन्,' प्रहरीहरू भन्छन्, 'पछि उनले काउन्टी जासुस रोबर्ट रिघी समक्ष पनि आफ्नो कुकृत्य स्विकारेकी थिइन् ।
पूर्वशिक्षिका रसेल फ्यारेलको विवाह सन् २०१० को जुनमा भएको थियो । उनले कथित यौनसम्पर्क त्यही वर्षको अगस्टदेखि जनवरी २०११ सम्म कायम राखेकी थिइन् । बंगोर क्षेत्रको हाई स्कुलको प्रमुख पेटि्रसिया मुलरायले भने, 'फ्यारेलविरुद्ध लागेका आरोपहरूको जानकारी प्राप्त भएलगत्तै काउन्टीमा उजुरी दर्ता गरिएको थियो ।'
बंगोर क्षेत्रको उक्त विद्यालयबारे विवाद यो पहिलो भने होइन । सन् २००९ मा विद्यालयकै जीवविज्ञान शिक्षकले प्राणघातक रूपमा हेरोइनको सेवन गरेका थिए । त्यस्तै स्कुलकै एक शिक्षकका सहयोगीलाई ड्रग राख्न र छात्रहरूलाई आपूर्ति गर्ने गरेको स्विकारेपछि उनलाई जेल चलान गरियो । यसैगरी सन् २०१० मा एक शिक्षिकाको सहयोगीले पनि एउटा अश्लील तस्बिर छात्रहरूको मोबाइलमा सर्कुलेट गरेपछि स्कुल फेरि विवादमा मुछिएको थियो । पछिल्लो साता मात्रै प्राथमिक तहकी एक शिक्षिका सान्नोन एलिसिया स्किमिएदरलाई १४ वर्षका एक विद्यार्थीसँग यौनसम्बन्ध कायम गरेको दोषी पाइएपछि ४० वर्षको जेल सजाय सुनाइयो । अमेरिकी अदालतद्वारा यौनकाण्डमा मुछिएका शिक्षकहरूलाई दिइएको यो सजाय हालसम्मकै सबैभन्दा ठूलो हो ।

No comments:

Post a Comment