Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्लु फिल्म हेरिरहेका मन्त्री रङ्गेहात समातिय

jhoomka
 मन्त्रीहरु पनि कति सम्म मजा लिन चाहन्छन भन्ने तथ्य भारतको एउटा राज्यमा भएको घटनाले पुष्टि गरेको छ ।
कर्नाटक राज्यका कोअपरेसन मन्त्री लक्ष्मण भी सावदी र महिला तथा वाल विकास मन्त्री सीसी पाटिल संसदको चालु सत्रमा व्लु फिल्म हेरिरहेको अवस्थामा रङ्गेहात समातिएका छन ।

  भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार भारतीय जनता पार्टीका दुई मन्त्रीहरु पोर्नो भिडियो हेरेर मजा लिइरहेका वेला समातिए पछि संसदमा ठूलो हङ्गामा मच्चिाएको छ । मोबाइल सेटमा मस्तीसँग भिडियो हेरिरहेका मन्त्रीहरुको दृष्य टेलिभिजनका क्यामेरम्यानहरुले कैद गरेका थिए । मन्त्री सावदीले देखाइरहेको र अर्का मन्त्री पाटिल गुनगुनाई रहेको फुटेज टेलिभिजनले देखाएका थिए ।

  स्थानीय टेलिभिजनले मन्त्रीहरुको पोर्नो प्रेमबारे समाचार दिएपछि सावदीले आफूलाई चोख्याउने प्रयास गरेको समाचार नागरिक न्युजले प्रकाशित गरेको छ । उनले भनेका छन–‘म एउटी महिला चार जना पुरुषबाट कसरी बलात्कृत भइन भन्ने हेरिरहेको थिएँ, मसँग पोर्नोग्राफिक भिज्युअल हेर्ने सस्तो मानसिकता छैन ।’ सभामुख केजे वोपाहले भने अहिल्यै केही बताउन नसक्ने बताए । उनले कानुन भन्दा माथि कोही पनि मन्त्री हुन नसक्ने भन्दै अनुसन्धानमा दोषी देखिए सजायको भागिदार हुनुपर्ने बताए ।

No comments:

Post a Comment