Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

‘म त जोगी भैसकें’-मनिषा कोइराला

पति सम्राट दाहालसँग सम्बन्ध बिग्रिएपछि न संगै बस्ने न सम्बन्ध बिच्छेद गर्ने अबस्थाबाट गुज्रिएकी नायिका मनिषा कोइरालाले आफु जोगी बनिसकेको बताएकी छिन् ।

पहिलेपहिले पार्टीमा गएर रमाउन मन पराउने भएपनि पछिल्लो दिनमा एक्लै बस्ने, ध्यान गर्ने र किताव पढ्ने बानी बसेको भन्दै मनिषाले एक्लै बस्न निकै आनन्द आएको बताइन् । शुक्रबारलाई दिएको अन्र्तवार्तामा मनिषाले भनिन- कता कता म त जोगी बनिसकेकी छु, अलिअलि केही बाँकी छ ।’ तर प्राक्टिकल लाइफ नछोडी जोगी हुने सोंच रहेको मनिषाले बताइन् ।
केश फुलिसकेको आफुलाई राम्ररी थाहा भएको भन्दै मनिषाले बुढी भइसकेको स्वीकार गरिन् । यो उमेरमा आएर नसरुद्दिन साहसँग काम गर्ने इच्छा लागेको भन्दै मनिषाले भनिन्- अब त जोडी पनि मिल्छ, म पनि बुढी भएँ ।’
बिचको केही समय फिल्ममा नर्फकने सोंच बनाएको भएपनि अहिले फेरि फिल्म लेख्न थालेको मनिषाले बताइन् । स्क्रिप्ट पढेर, आफुलाई चित्त बुझेको फिल्ममात्र गर्ने र एउटा फिल्म सकेपछि एक महिना छुट्टी लिएर अर्को फिल्म खेल्ने योजनामा छिन मनिषा ।
घर बनाउने योजनाका साथ हाल काठमाण्डु आएकी मनिषाले नक्सा बनाउने काम भइरहेको र बर्षापछि निर्माणको काम थाल्ने बताइन् । पछिल्ला दिनमा आफ्ना निजी जीवनबारे संचारमाध्यममा आउने टिप्पणीबाट दिक्क र हतोत्साही भएकी मनिषाले घरमा पत्रपत्रिका, म्यागेजिन, न्यूज च्यानल सवै बन्द गरेको बताइन् । ‘३० को उमेरमा ती सब पचाउन सक्थें तर अब सक्दिन-मनिषाले भनिन- मत साथीहरुलाई भन्छु तिमीहरु मेराबारे राम्रो नराम्रो जे लेखेपनि लेख तर मलाई नभन् ।’ बलिउडमा जमेपनि नेपाली फिल्ममा आफु जम्न नसकेको मनिषाले स्वीकारेकी छिन् ।

No comments:

Post a Comment