Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

"फेसबुक"को पोस्टर सार्वजनिक



प्रदर्शनको मिति नजिकिदै गर्दा फिल्म ‘फेसबुक’ले आफ्नो प्रचार-प्रसारलाई निरन्तरता दिदै फिल्मीखबर डट कम मार्फत नयाँ पोस्टर सार्वजनिक गरेको छ । उक्त पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । फिल्मलाई कोरियामा जुन १० बाट प्रिमियर गरिने छ ।

सुरज सुब्बाले निर्देशन गरेको थ्रीलर श्रेणीको सो फिल्ममा राजेश हमाल, झरना थापा, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, सुमन गैरे, मतिन खान लगायतले अभिनय गरेका छन् ।

एस.के. प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा सुनिल बर्देवाको संगीत, रोशन श्रेष्ठको एक्सन, संजय लामाको सिनेमाटोग्राफी रहेको छ । सिंगापुर र काठमाण्डौमा सुटिङ गरिएको फिल्ममा मायाप्रेमको साथमा अपराधका कथाहरूलाई उठान गरिएको छ ।

No comments:

Post a Comment