Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

म्याडोनाको नांगो तस्वीर २० लाखमा बिक्यो

अमेरिकी प्रसिद्ध गायिका म्याडोनाको एउटा चर्चित नांगो तस्वीर २३ हजार ७ सय ५० अमेरिकी डलरमा बिक्रि भएको छ ।

यस अनुसार उक्त नग्न तस्वीरको नेपाली मूल्य झण्डै साढे २० लाख परेको छ ।

अमेरिकाको न्युयोर्कमा भएको लिलामीमा एक व्यक्तिले म्याडोनाको त्यस तस्वीरलाई मोटो रकम खर्चेर किनेका हुन् ।

साढे २१ इन्च लम्बाइ र १९ इन्च चौडाइको उक्त स्वीर खरीद गर्नेको नाम भने खुलाइएको छैन ।

ओछ्यानमा नांगै बसेर चुरोट पिइरहेकी डोनाको २२ वर्ष पुरानो उक्त तस्वीर विवादास्पद तथा चर्चित बनेको थियो ।

लिलाम बढाबढमा बिक्री भएको उक्त तस्वीरको भाउ १० हजार डलरसम्म पर्ने अनुमान यसअघि गरिएको भएपनि त्यसले बढि मूल्य पाउन सफल भएको छ ।

उक्त तस्वीर सन् १९९० मा फेसन फोटोग्राफर स्टेभेन मेजिलले खिचेका थिए ।


उक्त ब्लाक एण्ड ह्वाइट फोटो खिचाउँदा म्याडोना ३२ वर्षकी थिइन् ।

तस्वीरमा म्याडोना गाढा मेकअप तथा सलक्कको कपालमा प्रकट भएकी छिन् ।

तस्वीरमा ओछ्यानमा बसेकी म्याडोनाले निकै कामुक नयनले क्यामरामा हेरिरहेकी छिन् ।

एक हातमा लुगा छोपेर यौनांग ढाकेकी म्याडोनाले अर्को हातले चुरोट पिइरहेकी छिन् ।

म्याडोनाले सन् १९९२ मा आफ्नो पुस्तक सेक्समा आफ्ना थुप्रै कामुक तस्वीर सार्वजनिक गरेकी भएपनि उक्त तस्वीर भने किताबमा राखेकी थिइनन् ।

No comments:

Post a Comment