Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बबिको जवानीमा शोभिताको डाहा लास्ट किसमा


लास्ट किस की नायिका शोभिता सिंखडा र निर्माता युवराज खत्रीबीच चलचित्रको तस्विरमा विवाद भएको छ । अनलाइनखबरमा द लास्क किसको फोटो फिचर प्रकाशन भएपछि शोभिता निर्मातासँग चिढिएकी हुन् ।शोभिात चिढिनुको कारण फोटो अश्लिल भयो या प्रकाशन गर्न नमिल्ने फोटो आयो भनेर होईन । उनी निर्मातासाग रुष्ट हुनुको कारण हो, फोटोमा आफूलाई कम प्रमोशन गर्नु । आफूभन्दा जुनियर कलाकारको फोटोलाई आफ्नो भन्दा बढी प्रमोशन गरेको भनेर नायिका सिंखडा कतारबाटै कराएकी हुन् ।

उनले निर्मातासाग ‘मभन्दा जुनियर कलाकारलाई प्रमोशन गर्नु भएछ, मलाई चित्त दुख्यो’ भन्दै कराएकी छिन् । चलचित्र द लास्ट किसमा शोभितासागै नव कलाकार बबि रोजाको अभिनय पनि रहेको छ । ‘नयाँलाई प्रमोशन गर्नु को अर्थ के हो ? दर्शकले हामीलाई नै बढी चिन्छन् नि हैन र ?’ शोभिताले यसरी आपत्ति जनाएकी हुन् ।

आफू चलचित्रमा मुख्य भूमिकामा रहेको, तर अर्की सामान्य रोल भएकी नायिकालाई यति धेरै प्रमोशन किन गरेको भन्दै शोभिता निर्मातसाग रिसाएकी हुन् । निर्माता युवराज नायिकाको आक्रोश आएपछि अहिले चिन्तित पनि बनेका छन् । ‘शोभिता जी यसरी रिसाउनुहुन्छ जस्तो लागेको थिएन’ निर्मार्ता युवराज खत्रीले भने -’उनलाई मैले कम प्रमोशन गर्ने नियत राखेको छैन ।’

चलचित्र द लास्ट किस यही जेठको १२ गतेबाट रिलीजमा आउने तयारीमा रहेको छ । चलचित्रलाई बी.पी. फुयालले निर्देशन गरेका हुन् । तर चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सेन्सर पास भने गर्न मानेको छैन । यसैले पनि चलचित्रको युनिट सेन्सर पास हुने र नहुने कुरामा चिन्तित देखिएको छ ।

No comments:

Post a Comment