Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

यौन क्षमता बढाउन भिटामिन खानुहोस्


विवाहित जीवनलाई ऊर्जावान् बनाउन धेरै स्टामिनाको आवश्यकता हुन्छ । तपाईंले यस्तो शक्ति विभिन्न भिटामिनको माध्यमले पाउनुहुन्छ । भिटामिनले शरीरलाई मात्र स्वस्थ राख्दैन, यौन क्षमता -सेक्स ड्राइभ) बढाउने कामसमेत गर्छ । तर सेक्स ड्राइभ बढाउने मामिलामा केही खास भिटामिन मात्रै प्रभावकारी हुन्छन् ।
यौनक्रियाको समय शरीरले एस्ट्रोजेन र टेस्टोस्टेरोन हार्मोन स्राव गर्छ । पुरुषमा टेस्टोस्टेरोन र महिलामा एस्ट्रोजन हार्मोनले यौनसम्बन्धी क्रियामा मुख्य भूमिका खेल्छ । भिटामिन 'ए' एस्ट्रोजेन र टेस्टोस्टेरोन हार्मोनको विकासमा सहायक हुने दाबी अध्ययनहरूमा गरिएको छ । यसले सेक्स ड्राइभ बढाउनुको साथै यौनक्रियाको बेला रक्तसञ्चारलाई समेत सन्तुलित बनाइराख्छ ।
भिटामिन 'बी' समेत सेक्स ड्राइभ बढाउनमा उपयोगी हुने अध्ययनहरूको दाबी छ । शरीरमा प्रोल्याक्टिन नामक हार्मोन पाइन्छ, जसले यौनेच्छा घटाउने काम गर्छ । तर शरीरमा यो हार्मोनको स्राव बढी भए यौनजीवन नै खतरामा पर्छ । भिटामिन 'बी'ले यो हार्मोनलाई नियन्त्रित गर्छ र सेक्स ड्राइभलाई यसको स्रावबाट सुरक्षित राख्छ । डिप्रेसनले महिलामा यौनेच्छा कम हुन्छ । भिटामिन 'बी'ले उनीहरूलाई त्यस्तो अवस्थाबाट पार लगाउँछ । महिला र पुरुष भिटामिन 'बी' सेवन गरी यौनसम्बन्धी समस्याबाट जोगिन सक्छन् ।
सेक्स ड्राइभ बढाउन भिटामिन 'सी' चाहिँ उपयोगी हुँदैन कि क्या हो भन्ने लाग्ला, तर त्यस्तो होइन । यसले शुक्रकीटलाई स्वस्थ बनाउनुका साथै यसको संख्यामा समेत वृद्घ िगर्छ । रोग प्रतिरोधक क्षमतालाई समेत बलियो बनाउन पनि भिटामिन 'सी' उपयोगी हुन्छ ।

मुख मैथुनले क्यान्सर हुन सक्छ
मुखमा क्यान्सरको एउटा ठूलो कारण मुख मैथुन (ओरल सेक्स) समेत हो । अमेरिकामा ओरल सेक्सप्रति बढ्दो आकर्षणका कारण अमेरिकीहरूमा मुख र घाँटीको क्यान्सरका केस बढिरहेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार ओरल सेक्स गर्दा मुखमा क्यान्सर उत्पन्न गर्न सक्ने प्यापिलोमा नामक भाइरस तीव्र गतिले बढ्छ । यही कारण ५० वर्षभन्दा कम उमेरका थुप्रै व्यक्ति मुख र घाँटीको क्यान्सरले पीडित छन् । ओरल सेक्सका कारण यो भाइरस तीव्र गतिले फैलिरहेको विशेषज्ञहरूको भनाइ छ । युवाहरूलाई मुख र घाँटीको क्यान्सरबाट बचाउन एचपीभी भ्याक्सिन लगाउनसमेत उनीहरूले सुझाव दिएका छन् ।
ओहियो विश्वविद्यालयका प्रा. माउरा गिलिसनका अनुसार मुखको क्यान्सरले व्यापकता पाउँदै जानुमा सुर्ती सेवनभन्दा बढी मुख मैथुनकै हात छ । । उक्त अनुसन्धानमा संलग्न डा. विलियम के भन्छन् भने केही वर्षयता टन्सिल र जिब्रोको तल्लो खण्डमा क्यान्सरको मामिलामा बढोत्तरी भएको छ । यसो हुनुको कारण एचपीभीलाई नै मानिन्छ ।
डा. विलियमका अनुसार अमेरिकामा टन्सिलमा क्यान्सरको ६० देखि ७० प्रतिशत मामिला एचपीभीबाट सम्बन्धित छन् । ओरल सेक्सले एचपीभीको संक्रमण हुन्छ । यो स्थितिमा ओरल सेक्सलाई नै टन्सिल क्यान्सरको संख्यामा देखिएको अत्यधिक वृद्घकिो कारण मान्न थालिएको छ ।
न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा सन् २००७ मा प्रकाशित प्रतिवेदनअनुसार घाँटी र टाउकाको क्यान्सरले पीडित एचपीभी संक्रमित युवामध्ये धेरैजसोको एकभन्दा बढी यौनसाथी छन् । यीमध्ये धेरैसँग उनीहरूले ओरल सेक्स गरेका थिए । ६ भन्दा बढी यौनसाथी हुनेहरूमा घाँटी र टाउकाको क्यान्सर हुने सम्भावना तीन/चार गुणा बढ्छ ।

No comments:

Post a Comment