Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

कुरकुरे बैँसको सेक्सले गराउँछ डिभोर्स


किशोरावस्थाबाटै सम्भोगको अनुभव बटुल्न थालेका महिलाको वैवाहिक जिवन धेरै नटिक्ने र त्यस्ता महिलामा सम्बन्ध विच्छेदको दर बढि हुने गरेको एक अध्ययनले देखाएको छ । किशोरावस्थाको सेक्स र डिभोर्सको दरबीचको अन्तरसम्बन्धका विषयमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अमेरिकाको इओवा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययनको क्रममा किशोरावस्थामै सम्भोगको अनुभव बटुलेका ३१ प्रतिशत महिलाको वैवाहिक जिवन केवल पाँच वर्ष मात्र टिकेको पाइएको छ । त्यस्तै ४७ प्रतिशतको १० वर्षमै डिभोर्स भएको छ ।

त्यस्तै परिपक्व भएपछि मात्र सेक्सको अनुभव लिएका महिलामा भने सम्बन्ध विच्छेदको दर कम पाइएको छ । परिपक्व भएपछि अर्थात् किशोरावस्था पार गरेपछि मात्र सेक्स गरेका महिलामध्ये केवल सयमा १५ जनाको ५ वर्षभित्रमा डिभोर्स भएको पाइएको छ । त्यस्तै ढिलो सेक्स गर्नेहरुमा केबल २७ प्रतिशत महिलाको बिहेको १० वर्षभित्रमा सम्बन्ध विच्छेद भएको पाइयो ।

किशोरावस्थाबाटै सेक्स गर्न थाल्ने महिलाहरुमा सम्बन्ध विच्छेदको दर बढि हुनुमा मनोवैज्ञानिक तथा यौनिक दुइ कारण रहेका बताइएको छ । सानै उमेरदेखि सेक्सको लत लागेका महिलाहरु बिहेपछि एकजना पुरुष वा लोग्नेसँग मात्र सेक्स गर्दा सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ उनीहरुमा सानैदेखि केटा फेर्ने बानी परेको हुन्छ जसले बिहेपछि पनि डिभोर्स गर्ने कामलाई उनीहरुले सहज रुपमै लिइदिन्छन् ।

No comments:

Post a Comment