Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

हीराको देशमा जनता भिखारी


सियरा लियोन (एजेन्सी), हीराले भरिपूर्ण भए पनि विभिन्न किसिमका युद्धले क्षतविक्ष बनेको यो मुलुकका बासिन्दा आधा पेट खाएर खोज्ने त गर्छन् तर यसको फाइदा भने विदेशीले लिँदै आएका छन् । यो मुलुकमा सन् १९३० मा हीराको खानी रहेको पत्ता लागेको हो । त्यसयता यहाँबाट निरन्तर रूपमा हीरा खोजी र उत्खनन हँुदै आएको छ । यो मुलुकको करिब ८ सय स्थानमा हीरा पाइन्छ । यहाँ सन् १९७२ मा विश्वकै सबै भन्दा ठूलो र बहुमूल्य हीरा पत्ता लागको थियो ।
हीरा उत्खनन गर्ने यहाँ विदेशी कम्पनीहरू छन् । हालै मात्र इजरायली कम्पनी बेनी स्टेनमेजको सहायक कम्पनी कोइदु होल्डिङ्सले यहाँ १५ करोड लगानी बढाउने घोषणा गरेको छ । यहाँका अधिकांश कम्पनीले सस्तोमा अमेरिकी तथा युरोपेली कम्पनीलाई बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीहरू विश्व बजारको सेयर सूचीमा अग्रस्थानमा छन् ।
हीराले धनी भए पनि यो देशका जनता न्यूनतम आधारभूत वस्तुहरूबाट पनि वञ्चित छन् । यहाँका बासिन्दाले हीरा खोजेबापत दिनको ३ हजार लियोन -करिब ६० रुपैयाँ) मात्र पाउँछन् । त्यसले एक दिनको खाना समेत नपुग्ने उनीहरूको गुनासो छ । त्यसमाथि हिजोआज पहिले जस्तो हीरा पाइन छाडेकाले मालिकले पैसा दिन कयौं दिन अल्झाउने गरेको उनीहरू बताउँछन् ।
६० कै दशकमा स्वतन्त्रता हासिल गरे पनि यहाँ विभिन्न समूहको दंगा फसाद र युद्धले विदेशी हस्तक्षेप बढ्दो छ । नेताहरू अत्यन्त भ्रष्टाचारी छन् । कम्पनीसँगको मिलेमतोमा स्थानीय बासिन्दालाई झुक्याउने गर्छन् । कम्पनीले आम्दानीको एक प्रतिशत स्थानीय क्षेत्रमा लगानी गर्नुपर्ने सम्झौता गरेको छ । तर यहाँ एक पैसा पनि लगानी नभएको स्थानीयको आरोप छ ।

No comments:

Post a Comment