Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

हरिवंशले रमिलासँग दोस्रो बिहे गरे





८ असार, काठमाण्डौं । प्रसिद्ध हाँस्य कलाकार हरिवंश आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका छन् । राजधानीको गोंगबु टोखामार्गस्थित रमिलाका आफन्तको घरमा बिहीबार बेलुका सीमित व्यक्तिहरुको उपस्थितिमा बैवाहिक कार्यक्रम सम्पन्न भएको आजका सवैजसो दैनिक पत्रिकाहरुले छापेका छन् ।


श्रीमति मिराको मृत्यु भएको एक बर्षपछि हरिवंशले दोस्रो विवाह गरेका हुन् । दश बर्ष अघि दुर्घटनामा परी पति गुमाएकी रमिला ५४ बषिर्य हरिबंश भन्दा १० बर्ष कान्छी रहेको उनको परिवारले जानकारी दिएका छ । रमिलाका २१ बर्षका एक जना छोरा  अष्ट्रेलियामा छन् । पत्नी मिरासँगको दाम्पत्य जीवनका क्रममा हरिबंशका मोहित र त्रिलोक दुई सन्तान रहेका छन् ।

विवाहपछि जीवनको अर्को नयाँ अध्याय शुरु भएको आचार्यले बताएका छन् । बैबाहिक समारोहमा नव विवाहित दम्पतिले सँगै जीवन विताउने कसम खाएको सहभागिहरुले बताएका छन् ।

छोराबुहारीलाई हरिवंशको घरमा भेट गराउन लैजाँदा विजोग देखेपछि बिहेका लागि परिवारमा दवाव बढेको कलाकार राजाराम पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार कलाकार बसुन्धराजी भुसालले रमिलाको छोरामार्फत बिहेको प्रस्ताव राखेकी थिइन् । रमिलालाई अष्ट्रेलियमा रहेका छोराले विवाह गर्न आग्रह गरेको र छोराहरुको अनुरोध पछि हरिवंश पनि राजी भएको पौडेलले जानकारी दिएका छन् । हरिवंशका कान्छा छोराले दुलाहा दुलहीको स्वागत गरेका थिए । बैंककमा रहेका मदनकृष्ण श्रेष्ठले भने स्काइपबाट दुलाहादुलहीलाई वधाई तथा शुभकामना दिएका थिए ।

साँझ ७ बजेदेखि ८ बजेभित्र एक घन्टाको समयमा बिबाहका कार्यक्रम सकिएको थियो । हरिवंशको जन्तीका रुपमा उनका आठ दश जना साथीहरुमात्र थिए ।

No comments:

Post a Comment