Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

ब्लु फिल्मकी नायिका आएशा कारमेला बलिउडमा भित्रिने




पोर्न स्टार सन्नी लियोनले फिल्म जिस्म-२ सँगै बलिउडमा डेब्यु गरेपछि बलिउड फिल्म उद्योगमा ब्लु फिल्मकी नायिकाहरुको लागि बाटो खुलेको छ । यद्यपि सन्नीको पहिलो बलिउड फिल्म प्रदर्शनमा आइसकेको छैन तथापि बलिउडमा सन्नीलाई पछ्याउँदै अर्की पोर्नस्टार भित्रिन लागेको खबर बाहिर आएको छ ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
समाचार अनुसार एसियाली मूलकी बेलायती पोर्न स्टार आएशा कारमेला पनि सन्नी जस्तै बलिउडमा छाउने तयारीमा छिन् । एशियन बाबीृ डल तथा मस्ती बेब नामले चर्चित आएशालाई केही बलिउड फिल्म निर्माताहरुले आफ्नो फिल्ममा खेल्न अफर गरिसकेको बताइएको छ ।
आएशाले पनि यो कुराको पुष्टि गर्दै भनेकी छिन्, ‘ अहिल्यै फिल्मका लागि गरिएको अफरका बारेमा कुरा गर्नु थोरै हतार हुन्छ होला । जब मलाई यो प्रस्ताव प्राप्त भयो तब म अचम्मित भएँ किनकी मैले यसअघि बलिउडमा काम गर्ने बारेमा कहिल्यैपनि सोँचेकी थिइन । तर जब मैले सन्नी लियोनले पनि बलिउडमा काम गरिरहेको कुरा थाहा पाएँ त्यसपछि यदि सन्नीले बलिउडमा काम गर्न सक्छिन् भने म किन सक्दिन ? भन्ने मलाई लाग्यो ।’
सन्नी लियोनको फिल्म हेर्न उत्सुक भएर बसेका बलिउडप्रेमीहरुका लागि अर्की पोर्नस्टारको पनि मूलधारको फिल्म देख्न पाइने कुरा अवश्य पनि खुसीको विषय हो । अझ यी दुइ पोर्नस्टारबीच बलिउड फिल्म उद्योगमा हुने भिडन्तले थप मज्जा प्रदान गर्नेछ ।

No comments:

Post a Comment