Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

यस्तो छ पोर्नस्टार सन्नीको फिल्म (भिडियो सहित)




ब्लु फिल्मकी नायिका सन्नी लियोनले डेब्यु गरेको पहिलो मूलधारको बलिउड फिल्म जिस्म टू रिलिज हुने दिन नजिकिँदै गर्दा दर्शकहरुको ढुकढुकी पनि बढ्दै जानु स्वभाविकै हो । ब्लु फिल्मकी नायिकाले खेलेको फिल्म कस्तो होला ? भन्ने जिज्ञासा सबैमा छ ।
अझ जिस्म टू को शुटिङका दौरान नै यो फिल्ममा सन्नीको हदैसम्मको कामुक अभिनय समावेश हुने भन्ने खालका समाचार आएका हुनाले फिल्म बहुप्रतिक्षित बनेको हो ।
यसैबीच आगामी अगष्ट ३ मा रिलिज हुने सन्नी लियोनको पहिलो बलिउड फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
शिर्ष गित सहितको ट्रेलर इन्टरनेटमार्फत सार्वजनिक भएको हो ।
यसमा सन्नी लियोन हिरोसँगै निकै नै कामोत्तेजक अवतारमा प्रस्तुत भएकी छिन् ।
यो झलक हेर्दा फिल्म झण्डै सफ्ट पोर्न जस्तै छ भन्ने अड्कल काट्न गाह्रो पर्दैन ।
स्मरण रहोस् जिस्म टू का केही दृश्यहरु निकै नै भद्धा भएको भन्दै भारतीय सेन्सर बोर्डले त्यसमाथि सेन्सर गर्ने तयारी गरेको बताइएको छ ।
पूजा भट्टको निर्देशन रहेको यो फिल्ममा सन्नी लियोनसँगै अरुनोदय सिंह र रनदीप हूडाको अभिनय रहेको छ ।
हेरौँ सन्नी लियोनको यो फिल्मको झलक
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com

No comments:

Post a Comment