Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

लुकि लुकि ब्लु फिल्म हेर्ने महिला बढे


हरेक मानिसलाई यौनका बारेमा जान्ने तथा अनुभव गर्ने कौतूहलता हुन्छ। यौनका बारेमा सोच्दा पनि आनन्द आउने भएकाले पनि होला, यौन सबैको जीवनमा अभिन्न बनेको छ। यौनबाट आनन्द लिने तरिका भने आ-आफ्नै हुन्छ। यसको पछिल्लो लोकपि्रय माध्यम बनेको छ, अश्लील चलचित्र। अश्लील चलचित्र हेरेर मज्जा लिनेहरूको संख्या धेरै छ। प्रविधिको विकासले अश्लील चलचित्रमा पहुँच पनि बढेको छ। आजकाल प्रायः सबैको मोबाइल तथा आइप्याडमा अश्लील चलचित्र हुने गरेको एक अध्ययनले बताएको छ, तर पनि अश्लील चलचित्र पुरुषको तुलनामा महिलाले निकै कम हेर्छन् भन्ने सोचाइ रहेकोमा एक अध्ययनले त्यसको विपरीत प्रतिवेदन सार्वजनिक गरेको छ। हालै लन्डनमा भएको एक अध्ययनले अश्लील चलचित्र हेर्न पुरुषको तुलनामा महिलाहरू बढी मरिहत्ते गर्ने निष्कर्ष निकालेको छ। अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूका अनुसार एउटा पुरुषले महिनामा लगभग दुई घण्टा अश्लील चलचित्र हेर्छ भने महिलाले कम्तीमा डेढ घण्टा हेर्छन् जुन बढ्दो क्रममा छ। अझ इन्टरनेटमा पोर्नसाइट हेर्ने महिलाको संख्या त ह्वात्तै बढेको छ। पुरुषको तुलनामा महिलाहरू बढी फुर्सदिला हुने भएकाले पनि उनीहरूले धेरै अश्लील चलचित्र हेर्ने गरेको बताइन्छ। अश्लील चलचित्र महिलाहरूले पुरुष साथीसँगभन्दा पनि एक्लै वा महिला साथीहरूसँग बसेर बढी हेर्ने उक्त अध्ययन-प्रतिवेदनमा उल्लेख छ।

No comments:

Post a Comment