Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

बुबु देखाउँदा विमान चढ्न बन्देज !!!




अमेरिकामा एक महिलाले विमानस्थलमा आफ्ना वक्षस्थल देखाएको आरोपमा हवाइजहाजमा चढ्नबाट झण्डै वञ्चित हुनुपरेको छ ।
लस भेगासबाट न्युयोर्कतर्फ उड्न लागेकी ती महिलालाई विमानस्थलका अधिकारीहरुले जहाज चढ्न निषेध गरेका थिए । उनले लगाएको खुल्ला कटनको पहिरनबाट उनको स्तनको अधिकांस भाग देखिएको भन्दै साउथवेष्ट एअरलाइन्सका अधिकारीहरुले उनलाई विमान चढ्न नदिने प्रयास गरे ।
Advertisements

contact for Advertisement: manoranjan@cyberma.com
तर बुबु देखाउने एवाइटल नामकी ती महिलाले कर्मचारीको रोकावट अस्विकार गर्दै विमानमा चढेरै छाडिन् । उनी आफ्नो वक्षस्थल खुल्ला भएको भन्दै आफुलाई विमानमा चढ्न नदिने कर्मचारीहरुसँग निकैबेर बाझिन् ।

‘मेरा बुबुले विमानको उडानमा अवरोध गर्दैन, मैले छाति देखाउँदैमा विमान आकाशबाट खस्दैन, मलाई किन रोक्नुभएको ?’ अधिकारीहरुसँग उनको प्रश्न थियो । उनले त्यस घटनाबारेमा विमानस्थलका उच्च अधिकारीहरुसँग सिकायत पनि गरिन् । अन्त्यमा एअरलाइन्सले उनीसँग माफी माग्दै सम्मानसाथ उनलाई विमानमा चढायो । एअरलाइन्सकी प्रवक्ताले ती महिलाको झण्डै नांगो वक्षस्थलका कारण अरु यात्रुको मनोविज्ञानमा असर पुग्नसक्ने सम्भावनाका कारण कर्मचारीहरुले उनलाई छाति ढाक्ने कपडा लगाउन आग्रह गरेको बताएकी छिन् ।

No comments:

Post a Comment