Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

पैसा तिरेपछि यसरी देखाईन सम्झनाले ! (भिडियो सहित)

‘देखाईदिन्छु सवै कुरा पैसा तिरेपछि’ भन्दै आईटम गीतमा नृत्य गर्ने कलाकार सम्झना प्याकुरेलको अहिले भाग्य खुलेको छ । यही गीतमा आईटम डान्स गरेपछि सिंगापुरवाट एक सांकृतिक कार्यक्रमका लागि निम्तो आयो । अहिले उनी पैसा तिरेपछि सवै कुरा देखाउन सिंगापुर लागेकी छिन् ।
Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
असार २९ गतेवाट देशभरका हलमा रिलीज हुने तयारीमा रहेको लक सिनेमाको एउटा गीतको चर्चा अहिले वजारमा राम्रैसँग भएको पाईन्छ । यो गीतमा सम्झना प्याकुरेलले खुलेरै आफ्नो जवानी प्रदर्शन गरेकी छिन् । दुई अर्थ लाग्ने गीतका शब्द र उनको कामुक नृत्य तालमेल मिलेको देखिन्छ ।

ऋषि न्यौपानेको निर्देशनमा तयार भएको यो सिनेमालाई हरि खनालले निर्माण गरेका हुन् । चलचित्रमा वेनिशा हमाल, किशोर खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । तर, नायिका वेनिशाले भने यो सिनेमाको प्रोमोशन नगर्ने वताईसकेकी छिन् । यसैले पनि लकवाट एउटा आईटम गीतमा मात्र गरेकी सम्झनालाई नै लक लागेको देखिन्छ । पैसा तिरेपछि सम्झनाले के के देखाईन् त, हेरौ चलचित्रको यो आईटम गीतको पुरा अंश :

हेर्नुहोस् भिडियो

No comments:

Post a Comment