Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

विवाहले दिन्छ खुसी


विवाहलाई मानिसहरू एउटा यस्तो लड्डुसँग तुलना गर्छन्, जसलाई खानेहरू पनि पछुताउँछन्, नखानेहरू पनि चुकचुकाइरहेका हुन्छन् । तर वैवाहिक जीवनका फाइदा कम हुँदैनन् । तिनैमध्येको एउटा हो- विवाहित व्यक्तिहरू अविवाहित व्यक्तिको दाँजोमा धेरैधेरै समयसम्म, दीर्घकालसम्म खुसी रहन सक्छन् ।

मिसिगन स्टेट युनिभर्सिटीका वैज्ञानिकहरू यसै भन्छन् ।उनीहरूको अध्ययन अनुसार, विवाह भएपछि विवाहभन्दा ठीक पहिलेको तुलनामा खुसीको ग्राफ अलिक तल झरेजस्तो त देखिन्छ तर पछिपछि विवाहितहरू नै बढी आनन्दित, हाँसीखुसी देखिने गर्छन् । अनुसन्धानकर्ता स्टिभ सीवाईएप नेतृत्वको टोली हजारौं व्यक्तिहरूबीच सर्वेक्षण गरेपछि उपर्युक्त निष्कर्षमा पुगेको हो ।

उक्त सर्वेक्षणमा अनुसन्धानकर्ताहरू व्यक्तित्वले जीवनको कुनै पनि ठूलो घटनालाई अपनाउन सघाउँछ कि सघाउँदैन भन्नेबारे जान्ने कोसिस गरे । यसमा विवाह जस्तो कुनै पनि समाजको महत्त्वपूर्ण विषयलाई समेत सामेल गरियो । ती सहभागीहरूसँग यसको जवाफ एक शब्दमा मागियो, हो वा होइनमा । जे उत्तर आयो, त्यस अनुसार जस्तोसुकै व्यक्तित्वको पनि जागिर गुमाउने वा आमा/बुवा बन्ने परिस्थिति सँग जुध्न सघाउने विशेषता हुँदैन ।

यसअघिका अनुसन्धानमा भन्ने गरिएको थियो, 'बेग्लाबेग्लै परिस्थितिमा कुनै व्यक्तिले कसरी प्रतिक्रिया दिन्छ, त्यो उसको व्यक्तित्वमा निर्भर हुन्छ ।' तर यो पछिल्लो सर्वेक्षणमा संलग्न भएकाहरू समान उमेरका थिए र अविवाहित थिए । तर, उनीहरूको खुसीको ग्राफ वर्षेनि तलतलै झरिरहेको थियो । अर्कातिर, विवाहितहरूको खुसीको ग्राफ भने उमेरसँगसँगै माथि उक्लिँदै गइरहेको पाइयो । अनुसन्धानकर्ता भन्छन्, 'यसको अर्थ विवाहको कारण उनीहरूको सन्तुष्टिको स्तर बढेको भन्ने होइन, सन्तुष्टिको स्तर यथावत् रहेको चाहिँ हो ।'

सन्तुष्टि मिल्न थालेपछि प्रायः व्यक्तिहरू मोटाउँदै जान पनि थाल्छन् । अनि स्लिम रहन जिमतिर जान पनि थाल्छन्, कोहीकोही । तर जिममा अलिक सचेत भइएन र विपरीतलिंगीतिर आँखा लगाउन थालियो भने मोटाइ घट्ने त होइन, झन् बढ्न सक्छ । त्यसैले जिममा वर्क आउट गर्दाताका सम्भव भएसम्म युवतीहरूबाट टाढै बसेको जाती हुन्छ ।

लिड्स मेट्रोपोलिटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एउटा अध्ययनमा के पाएका छन् भने, स्लिमिङ क्लासमा छेउछाउमा महिला नहुने पुरुषहरू तीव्र गतिले तौल घटाउन सफल हुन्छन् । पुरुष-पुरुष मात्र भएका स्लिमिङ सेन्टरमा व्यायाम गर्नेहरूले चाहेजति तोल छोटै समयमा कम गर्न सक्ने ती अनुसन्धानकर्ताहरूले बताएका छन् । अर्कोतर्फ, महिलाको स्लिमिङ सेन्टर पुग्ने पुरुषको तौलमा खासै सुधार देखिएन । त्यसो हुनुको खास कारण के हो अरे भने, केही पुरुष महिलाको अगाडि आफ्नो शरीरबारे कुरा गर्न लजाउँछन्, उनीहरू नै पुरुषको बीचमा भने आफूलाई बढी सहज अनुभव गर्छन् । पुरुष-पुरुषबीच आपसमा प्रतियोगिताको भाव रहने भएकोले समेत राम्रो परिणाम चाँडै प्राप्त हुने गर्छ ।

अध्ययन अनुसार, यो परीक्षणका बढी तौल भएका ६२ पुरुषले महिला प्रशिक्षक नभएका स्लिमिङ क्लासमा नाम लेखाएका थिए । तर उनीहरूको तौल ५ देखि १० प्रतिशतसम्म मात्रै कम भएको पाइयो । पुरुष प्रशिक्षक रहेका स्लिमिङ क्लासको परिणाम भने निकै सुखद देखियो ।

No comments:

Post a Comment