Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

"कपडा खोलेकै भरमा फिल्म खेलेकी हैन"


नायिका बन्ने चाहना बोकी चितवनबाट काठमाडौं आएकी विनीता बरालले 'चपली हाइट' बाट एकाएक चर्चा कामइन् । त्यो चर्चा कतिले अश्लीलतामा अग्लिएको माने त कतिले चुनौतीपूर्ण भूमिकामा । प्रस्तुत छ उनै बिनीतासँगको गफगाफ ।

'फुलस्टप’ मा भूमिका के छ ?

एकदम फरक । जहिल्यै कुर्ता सलवार लगाएर हिँड्ने केटी । तर फिल्मको क्यारेक्टरबारे अहिले नै खुस्काउन नमिल्ने छ । नौ जनाको फ्रेन्ड सर्कल हुन्छ, कलेजको । हाम्रै सर्कलका दुई जोडीको घरबाट बिहे गरिदिन मान्दैनन् । अनि हामीले नै उनीहरूको विवाह गरिदिने क्रममा मनकामना पुग्छौं । परिवारको चाहना विपरीत गएर अभि (सविन) र मैले (प्राशु) त्यसको नेतृत्व लिन्छौं । 'चपली हाइट' मा दोस्रो भागपछि कन्फलक्ट आउँथ्यो भने यसमा सुरुमै ।

चपलीकी बिनीभन्दा पूरै फरक ?

यसमा बिनी कतै पनि नदेखियोस्, प्राशु नै देखियोस् भन्ने प्रयास गरेकी छु । बोल्डनेस भने यसमा पनि छोडेकी छैन । मलाई कुर्ता र सारी दुवैमा सेक्सी देखिन्छ । सेक्सी देखिनैका लागि वा कसैलाई आकर्षित गर्न सर्ट, स्कर्ट वा बिकिनी नै लगाउनुपर्छ वा टपलेस हुनैपर्छ भन्ने लाग्दैन । बरु अघिल्लो फिल्ममा जे-जति कमजोरी थिए, यसमा सुधार्ने प्रयास गरेकी छु ।

कस्ता कमजोरी ?

९७ प्रतिशतले 'चपली हाइट' मा मेरो अभिनयकै प्रशंसा गरे । आफैंलाई चाहिँ फिल्म हेर्दा डायलग डेलिभरीदेखि लाइट म्यानेजिङ, को-स्टारलाई सँगै लिएर जाने वा केमेस्ट्री मिलाउने जस्ता प्राविधिक पक्षमा कमजोर रहेछु भन्ने लाग्यो ।

दर्शकलाई प्राशुले के कुराले तान्छे ?

उसको एक्टिङले । पहिले बिनीको ग्ल्यामर इमेजले तानेको थियो, हुन त एक्टिङको पनि तारिफ नै भयो ।

त्यसो भए बिनीको छवि सुधार्न खोज्नुभएको हो ?

त्यही नै बलियो कारण हो । एक्टिङभन्दा पनि शरीर देखाएर हिट भएकी हो भन्ने आरोप पनि लाग्यो । ती सबै चीजलाई ब्रेक गर्न पनि चाहन्थें । कपडा खोलेकै भरमा फिल्म पाएकी त होइन मैले । परर्फमेन्स नै राम्रो नगरेको भए त 'फुलस्टप' पनि पाउँदिनथें होला वा त्यस्तै सेक्सुअल कन्टेन्टकै मात्र फिल्म खेलिरहेकी हुन्थें होला । खासमा विनीता बराल भनेकी सेक्सी मात्रै होइन, भर्सर्टाइल व्यक्ति हो भन्ने प्रमाणित गर्नु छ । त्यसैले पनि कतिवटा स्क्रिप्टपछि 'फुलस्टप' छानेको हुँ ।

कतिवटा स्क्रिप्ट लत्याउनुभयो ?

१५/२० वटा नै होला । सबै उस्तै, सेक्स रिलेटेड मात्रै । 'चपली हाइट' सेक्सुअल कन्टेन्टमा बने पनि त्यसमा कन्टेन्ट थियो । यौन शोषणमा परेकी एक युवतीबारे थियो जुन समाजमा विद्यमान पछिल्लो विकृति हो । त्यसपछिका स्क्रिप्टमा चाहिँ सेक्सुअल भ्वायोलेन्स बाहेक केही पाइनँ ।

अहिले त चपली गर्ल बन्ने लहर नै आएको छ त ?

उहाँहरूलाई प्रस्ट पार्न चाहन्छु कि विनीताले किस सिन दिएर मात्र चर्चा कमाएकी होइन । 'चपली हाइट' मा जोखिम लिएर काम गरेको पक्कै हो । ज्वालामुखीतर्फ सिधा गइरहेको म अहिले त्यहाँ पुग्नुअघि नै यू-टर्न मारेर फर्किएकी छु । तर उहाँहरू त सिधै ज्वालामुखीमा जानु भएको छ । आवश्यकतामा हो भने अहिले पनि मलाई कुनै पनि दृश्य दिन आपत्ति छैन । तर जबरजस्ती राखिएको हो भने त्यसमा समस्या हुन्छ । त्यस्तोमा काम गर्दा पर्सनल लाइफ र प्रोफेसन दुवैलाई बिगार्छ । त्यसमा मैले पढेर बुझेर काम गरेकी थिएँ । डिफेन्स गर्न सक्ने आँट पनि थियो ।

अनि दोस्रोमै फुलस्टप त ?

फुलस्टप मेरो करिअरमा भयंकर लाग्नेवाला छ । 'फुलस्टप' पछि त न्यु बिगिनिङ हुन्छ नि । जहाँ फुलस्टप लाग्छ त्यहाँबाट अर्को नयाँ सुरुवातको सफलता हुन्छ भन्नेमा विश्वास गर्छु । यसपछि पनि 'म्यारी मी' र नाम राख्न बाँकी अर्को फिल्म गर्दै छु ।

तपाईं पनि परालको आगो जस्तो बलेर झ्याप्पै निभ्ने त होइन ?

म जमिनबाट उम्रेकी हुँ, टुप्पाबाट पलाएको होइन । यो स्थान पाउन ठूलै स्ट्रगल गरेकी छु । सेक्सुअल र फिजिकल ह्यारासमेन्ट सहनु त परेन । तर एभरेज लुकिङ गर्ल भएकीले प्रायःले 'हिरोइन जस्तो देखिनुहुन्न' भनेर फर्काइदिन्थे । राख्छु भनेर कतिबाट निकालियो । सानो जिउडाल, हाइट थोरै भएर पनि होला । हिरोइन भनेको अप्सरा जस्तो रातो वर्णकी, जीउडाल ठूलो भएकी र मिलेकी हुनुपर्छ भन्ने मान्यतालाई मैले तोडिदिएँ । हिरोइन भनेको देख्नमा राम्रो मात्रै होइन, अभिनय कौशल पनि हुनुपर्छ ।

No comments:

Post a Comment