Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

नेपाली स्कुलमा अश्लील गीत र पहिरन निषेध




शिक्षा विभागले सामुदायिक र संस्थागत विद्यालयमा हुने कुनै पनि कार्यक्रममा अश्लील गीत र पहिरचन निषेध गरेको छ । त्यसका निम्ति सबै जिल्ला शिक्षा कार्यालय र सम्बन्धित विद्यालयमा निर्देशन जारी गरेको विभागले जनाएको छ ।
'नेपाली लोकसंस्कृति झल्किने देशभित्र बोलिने कुनै पनि भाषाको राष्ट्रियता जगाउने गीतमात्र बजाउन पाउने कडा निर्देशन जारी गरेका छौं,' विभागका महानिर्देशक महाश्रम शर्माले भने, 'कुनै डान्स बारमा जस्तो भड्किलो गीत र अश्लीलता जनाउने पहिरन बर्जित गरिएको छ ।' सानोठिमीस्थित विभागमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
विद्यालयहरू सञ्चालन हुने विभिन्न समारोह, वाषिर्क अभिभावक भेलालगायतका कार्यक्रममा भड्किला गीतमा अश्लीलजन्य पहिरनमा विद्यार्थी सहभागी गराइएको गुनासो बढेपछि विभागले यो नीति लिएको जनाएको छ । त्यस्ता कार्यक्रममा 'विदेशी गीत, संगीत, नृत्यलाई पूर्णरुपमा रोक लगाई नेपाली संस्कृति र राष्ट्रियता झल्किने गीत, संगीत, नृत्यमात्र समावेश गर्ने/गराउने व्यवस्था मिलाउन' विभागले निर्देशपत्रमा छ । यो निर्देशन उच्च माध्यमिक तहसम्मै लागू हुनेसमेत महानिर्देशक शर्माले जनाएका छन् ।
यसअघि उच्च मावि तहमा पढ्ने विद्यार्थीले कक्षामा मोबाइल निषेध गरिएको छ । त्यसैगरी कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले कलेजमा मोटरसाइकल लिएर आउन नपाउने र छात्राले छोटो स्कर्ट लगाउन नपाउने नियम लागू गरिएको छ । त्यसैगरी विद्यार्थी यातायात व्यवस्थित गर्न उच्च माध्यमिक विद्यालय संघ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), अभिभावक संघ, महानगरीय ट्राफिक प्रहरीलगायत बीच विद्यालय व्यवस्थापन र विद्यार्थी सुदृढिकरणका विषयमा चरणवद्ध छलफल भएको छ ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार स्कुल बसको रंग पहेलो हुनुपर्ने, भाडाका भएर फ्लेक्स बोर्ड राख्नु पर्ने, चालक तथा सहचालकलाई 'युनिर्फम र एप्रोन' दिने, चालकले मोबाइल चलाउन नपाउने, नयाँ चालक भर्ना गर्दा कम्तिमा पाँच वर्षको अनुभवी हुनुपर्ने सम्झौता भएको छ । साथै विद्यमान कानुनअनुसार कुनै पनि नागरिकले १६ वर्षमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्छ । नागरिकताका आधारमा सवारी चालक अनुमतिपत्र बन्ने भएपनि प्ल टुस पढ्दै गरेका विद्यार्थीले १८ उमेरबाट मात्र लाइसेन्स वितरण गर्न कानुन संशोधनका निम्ति सरकारलाई अनुरोध गरिएको भण्डारीले बताए । उनले भने, 'विद्यार्थीले स्कुल युनिर्फममा मोटरसाइकल चलाएको पाएमा ट्राफिकले रोक्न सक्नेछ ।'

No comments:

Post a Comment