Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

७५ लाख कुम्ल्याएर मल्लिका फरार




बलिउड अभिनेत्री मल्लिका शेरावट फेरी अर्को काण्डमा फसेकी छिन् । यो पटक उनले एक फिल्म निर्माताको ७५ लाख रुपैयाँ लिएर फरार भएकी छिन् ।

निर्माता तथा अभिनेता सचिन जोशीको फिल्म मुम्बइ मिररमा अभिनय गर्ने भनी साइन गरेर ७५ लाख एडभान्स लिइसकेकी मल्लिका उक्त फिल्ममा आफुलाई दिइएको भूमिका चित्त नबुझेको भन्दै फिल्ममा नखेल्ने निर्णय मात्र गरिनन् लगेको ७५ लाख भारु पेश्की पनि पचक पारिदिइन् ।

पहिले स्त्रिmन सुनेरै फिल्ममा काम गर्न सहमती जनाएर हस्ताक्षर गरेकी मल्लिकाले शूटिङ सुरु हुनुभन्दा २ दिन अघि आफुले फिल्ममा काम नगर्ने जानकारी गराएकी थिइन् । मल्लिकाले काम नगर्ने भनेपछि सचिनले विवाद नगरीकनै विमला रमनलाई हिरोइन बनाउने निर्णय गरे ।

पेश्की लगेको ७५ लाख भारु मल्लिकाले आफै फिर्ता गर्लिन् भन्ने सचिनको आशा थियो । तर आफै फिर्ता गर्नु त कहाँ हो कहाँ सचिनले पैसा माग्नको लागि फोन गर्दा पनि उनले फोन उठाइनन् । मल्लिकाको पिएले अहिले उनी देश बाहिर गएको र फर्किएपछि आफुले कुरा राखिदिने बताएको सचिनको भनाइ छ ।

निर्माता सचिनले मल्लिकाको यस्तो हरकत विरुद्ध बलिउड निर्देशक समाजमा उजुरी गर्ने तयारी गरेका छन् । तर मल्लिका निकट श्रोतले भने यस्तो समाचार झुटो भएको दाबी गरेको छ । साथै फिल्मको प्रोमोसनका लागि मल्लिकाको नाम बेचिएको जिकिर मल्लिकाका निकटवर्तीहरुले गरेका छन् ।

No comments:

Post a Comment