Follow @EkhojiNepal |
Advertisements contact for Advertisement: manoranjan@cyberma.com |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि् २०१०/०११ मा गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ बर्ष उमेरका दोव्वर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटबाट अश्लील सामग्रीहरु बढी हेर्नुका साथै पढ्ने गरेको पाईएको हो ।
उक्त सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रमा सो उमेर समूहका दुई दशमलब २७ प्रतिशत केटीहरुले इन्टरनेटमा अश्लील सामग्री हेर्ने र पढ्ने गर्दछन् भने केटाहरु शुन्य दलमलब ९२ प्रतिशत मात्र रहेको छ । ग्रामीण भेगमा इन्टरनेट सेवा कम हुने भएपनि सेवा पुगेका ठाउँमा बालबालिकाले अश्लील सामग्री हेर्ने गरेको पाईएको छ ।
मन्त्रालयले देशका सवै भागको प्रतिनित्व गर्ने गरी १० देखि २४ बर्ष उमेरसमूहमा रहेका करिव नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोर किशोरी तथा युवाहरुबीच सर्वेक्षण गरेको थियो ।
Follow @EkhojiNepal |
No comments:
Post a Comment