Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

महिला पत्रकारले लिंग नचिनेपछि (भिडियो सहित)


नजानेको कुरा प्याच्च नबोल्नु भन्ने उखान सत्य हो । कहिलेकाहीँ नजानेको कुरामा बढि जान्ने भएर बोल्दा मान्छेलाई लाजमर्नु हुन्छ । यस्तै भएको छ चीनकी एकजना महिला पत्रकारलाई ।


Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
एक यौन खेलौनालाई नचिनेर दुर्लभ च्याउ फेला पारेको भन्ने समाचार प्रशारण गरेपछि उनलाई लाजमर्नु त भयो नै उनको टेलिभिजन च्यानलले पनि गलत समाचारका कारण माफी माग्नुपर्यो ।

जियान सहरको एक टेलिभिजन स्टेशनकी रिपोर्टर योनफेंग ये ले ठ्याक्कै च्याउ आकारको जस्तो देखिने कृत्रिम लिंगलाई दुर्लभ च्याउ फेला परेको भनेर समाचार प्रशारण गरेकी थिइन् ।

एक गाउँमा इनार खन्ने क्रममा उक्त कृत्रिम लिंग फेला परेको थियो । गाउँमा त्यस्तो यौन खेलौना भेटिएला भन्ने उनले सोँचिनन् त्यसैले फेला परेको त्यो वस्तु दुर्लभ तैसु भनिने च्याउ रहेको त्यो मानिसहरुले औषधिका रुपमा प्रयोग गर्ने गरेको समेत जिकिर गरिन् ।

तर उक्त रिपोर्ट हेरेपछि धेरै दर्शकले त्यो च्याउ नभएर यौन खेलौना भएको दाबी गरे ।

पछि टेलिभिजनले सो फेला परेको वस्तुबारे छानविन गरेपछि त्यो च्याउ नभएर कृत्रिम लिंग भएको तथ्य खुल्यो । त्यसपछि अर्को दिन नै टेलिभिजनले उक्त कथित च्याउबारेमा प्रशारित समाचारबारे माफी माग्यो ।

साथै टेलिभिजनले आफ्नो समाचारदाता पाको नभएकीले यस्तो भएको समेत स्पष्टीकरण दियो ।

No comments:

Post a Comment