Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

किन गरिन् नायिका खड्काले आत्महत्या ?


करिव आधा दर्जन नेपाल चलचित्रमा अभिनय गरेकी नायिका जेसिका खड्काले गएराती आत्महत्या गरेकी छिन् ।

उनी भाडामा बसिरहेको बसन्तपुरस्थित डेरामा सलले पासो लगाई झुण्डिएको अबस्थामा फेला परेकी छिन् । बसन्तपुरमा उनी करिव १७ बर्षका आफ्नै भाइ युनिक खड्कासँगै बस्दै आएकी थिइन् ।

केही बर्षअघि इटहरीमा गायक प्रकाश ओझासँगको यौन कृयाकलापको भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी ज्योति खड्का चलचित्र क्षेत्रमा प्रवेश गर्दा नाम परिवर्तन गरेर जेसिका खड्का बनेकी थिइन् ।

प्रारम्भिक अनुसन्धान र घटनासँग जोडिएका पात्रहरुसँगको बयानका आधारमा प्रहरीले डिप्रेसनका कारण खड्काले आत्महत्या गरेको ठहर गरेको छ । उनको शवलाई शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रारम्भिक रिपोर्टमा उनले मदिरा सेवन गरेको अबस्थामा आत्महत्या गरेको पाइएको छ ।

पारिवारिक स्रोतका अनुसार भिडियो सार्वजनिक भएसँगै उनमा डिप्रेसन सुरु भएको थियो । पछिल्ला दिनसम्म पनि अपरिचित मानिसहरुले सेक्स प्रस्ताव राख्दै फोृन गरेर हैरान पार्दा उनी तनावमा हुन्थिन् ।

गएराती पछिल्लोपटक जेसिकासँग फोन गरेका चलचित्रकर्मी बालदिप राईलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । राईले जेसिकासँग आफ्नो गहिरो प्रेम रहेको स्वीकार्दै गएराती फोनमा केही भनाभन भएको बताएका छन् । तर आत्महत्या नै गर्नुपर्ने गरि झगडा नभएको उनले बताए ।

जहाँ गएपनि नाङ्गो भिडियोकै चर्चाले पछ्याएपछि उनी निकै तानाव र डिप्रेसनमा रहने गर्दथिन । जसका कारण उनमा मदिराको लत बसेको थियो । पछिल्लो समयमा त उनी मदिराबिना निदाउनै नसक्ने अबस्थामा पुगेको बताइएको छ । गएराती खाना खाएर आफ्नो कोठामा गएर सुतेकी दिदी बिहान नउठेपछि भाईले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा सलले पासो लगाएर झुण्डिएको अबस्थामा भेटिएकी थिइन् ।

आफुले किन आत्महत्या गर्नुपर्‍यो भन्नेबारेमा उनले सुसाइड नोट पनि लेखेकी छैनन् ।

No comments:

Post a Comment