Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

सर्वोच्चले भेटेन प्रचण्डका बाऊछोरालाई

१५ असार, काठमाण्डौ । रामशाहपथमा रहेको सर्वोच्च अदालतले महिनौंदेखि माओवादी अध्यक्ष प्रचण्ड र उनका पुत्र प्रकाश दाहाललाई खोजीरहेको छ । तर, लाजिम्पाटमा आलिशान महलमा बिराजमान यी पितापुत्रलाई अहिलेसम्म भेट्टाउन सकेको छैन् ।

Advertisements


contact for Advertisement: manoranjan@cyberma.com
तामेलदार शभ्भु केसी प्रचण्डको पछि लागेका छन भने अर्का तामेलदार महेश ढकाल प्रकाश दाहालको पछि दौडिरहेका छन् । तर पनि दुवै तामेलदारले काम फत्ते गर्न सकेका छैनन् ।
घरमा गएपनि उनीहरु छैनन भन्ने जवाफ आउंछ कार्यालय जाँदा पनि भर्खरै निस्किए भनिन्छ । प्रचण्ड र प्रकाश बिरुद्ध परेको रिट निबेदनको म्याद थमाउन नपाएपछि अदालत हैरान भएको आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
सगरमाथा चढ्ने भन्दै सरकारले प्रचण्डपुत्र प्रकाशलाई दुई करोड दिने निर्णय गरेपछि त्यसविरुद्ध अदालतमा रिट निबेदन परेको थियो । त्यसरी रकम दिनुपर्ने कारण खुलाउन भन्दै अदालतले सरकार, प्रचण्ड र प्रकाशलाई आदेश दिएको थियो । सोही रिट निबेदनको म्याद बुझाउन तामेलदारहरु प्रचण्डको निवास र कार्यालय धाइरहेका छन् । प्रचण्ड र प्रकाशले म्याद बुझ्न नमानेपछि अब कसरी अघि बढ्ने भन्नेमा सर्वोच्च अन्यौलमा परेको छ । सर्वोच्चले पैसा नदिन अन्तरिम आदेश जारी गरेको थियो भने सडकमा चर्को बिरोध भएपछि प्रकाशसहितको टोलीले पैसा नलिने घोषणा गर्न बाध्य भएको थियो ।

No comments:

Post a Comment