Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

मेरा आँखा सेक्सी: उषा खरेल

Nepali sexy model photo Usha Kharel
गायिका माण्डवी त्रिपाठीले गाएको भरिएको छ भन्छौ, त्यो सिद्धिएको छ रित्तोरित्तो गीतको म्युजिक भिडियोमा मोडलिङ गरेर ग्ल्यामर क्षेत्रमा भित्रिएकी उषा खरेलको यात्रा अब चलचित्रसम्म फैलिइसकेको छ । दर्जनौँ म्युजिक भिडियोको अनुभव लिएर चलचित्रमा छिरेकी उनका चलचित्रको संख्या पनि दर्जनौँको हाराहारीमा पुगिसक्यो ।
यस्तै रहेछ संसार, मेरो अतीतलगायत थुप्रै भिडियो चलचित्र मात्र होइन, फ्युजन, धर्तीपुत्र, मेरो राजेश दाइ, नाइट क्विन, द किंग, रिङरोडलगायत ठूलो पर्दाका चलचित्रमा पनि उनले क्षमता देखाइसकिन् ।
ग्ल्यामरबारे आफ्नै किसिमको बुझाइ छ उषाको । ग्ल्यामर शरीरका अंग र बोलीचालीमा हुँदैन भन्छिन्, ‘यो देखिने हुँदैन, महसुस मात्र गर्न सकिन्छ ।’ शुक्रबारबाट प्रदर्शनमा आएको नाइट क्विनमा मुख्य नायिका रहेकी उनी बढ्दो अंगप्रदर्शनको शैलीलाई पब्लिसिटीको माध्यम मात्र देख्दी रहिछन् । आकर्षक शारीरिक बान्कीकी यी सुन्दरीलाई आफ्नो शरीरको सबैभन्दा आकर्षक पक्ष के लाग्ला ? ‘मेरो घाँटी सबैभन्दा राम्रो छ,’ उनले भनिन्, ‘अनि, आँखाचाहिँ सेक्सी †’
यही आकर्षणका कारण उनलाई प्रेमप्रस्तावको ओइरो नै लाग्छ रे † तर, अहिलेसम्म आफ्नो मनले खोजेको राजकुमार नभेटेकाले कसैलाई पनि एक्सेप्ट नगरेको सुनाउँछिन् । आफूलाई रिसाउन र खुसी हुन कुनै ठूलो कारण नचाहिने बताउने खरेल पारदर्शी स्वभाव आफ्नो सबैभन्दा ठूलो कमजोरी रहेको सुनाउँछिन् । भन्छिन्, ‘यही बानीले कतिचोटि धोका खाइसकेकी छु ।’

No comments:

Post a Comment