Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

महिला चाहन्छन्- पुरुषले हेरोस्



महिला के चाहन्छन् होला ? अनुमान लगाउनुहोस् ? तपाईंले औसत महिला धन, सम्पत्ति, ओहोदा वा सुन्दर पति चाहन्छन् भन्ने अनुमानसहितको जवाफ दिनुभयो भने तपाईं गलत साबित हुनुहुनेछ । तपाईंलाई आश्चर्य लाग्ला, प्रायः महिलाहरू पुरुषले आफूलाई अर्थात् आफ्नो रूप रङ्गलाई राम्ररी, ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहन्छन् । अस्ट्रेलियाली मनोवैज्ञानिकको एक समूहद्वारा तीन वर्षभन्दा लामो समय खर्चिएर गरिएको एक अध्ययनको निष्कर्ष हो यो ।
अध्ययनअनुसार महिला लजालु स्वभावका भए पनि भित्रभित्र चाहिँ उनीहरू पुरुषले आफूलाई हेरिदियोस्, अझ प्रशंसा नै गरिदियोस् भन्ने चाहन्छन् ।
मनोवैज्ञानिकहरूले अध्ययनका क्रममा नरम स्वभावका र कडा तथा तथा आक्रामक स्वभावका महिलालाई छुट्याएर उनीहरूको चाहना, आकाङ्क्षाबारे अनुसन्धान गरेका थिए । यस सन्दर्भमा उनीहरूले थप कुरा पनि पत्ता लगाए ।

त्यो के भने कडा र आक्रामक स्वभावका कतिपय महिला त पतिले आफ्नो नग्नता पनि ध्यानपूर्वक हेरिदियोस् भन्ने चाहना राख्दा रहेछन् । आˆनो त्यो चाहनालाई पतिले उपेक्षा गरिदियो भनो त्यस्ता महिला निकै क्रोधित हुँदा रहेछन् । कडा मिजासका महिला आˆनो शरीर हेरेर आफैँ दङ्ग पर्ने गर्दछन् रे !  पुरुषले हेरिदेऊन् र प्रशंसा गरिदेऊन् भन्ने चाहना पूरा भएन भने महिला मनोरोगी हुने खतरा पनि उत्तिकै रहेको अनुसन्धानकर्ताहरूले दाबीसमेत गरेका छन् ।

No comments:

Post a Comment