Free Nepali Songs download with vedios, nepali movie Ad
Ad

लोग्नेले बढि कमाउँदा स्वास्नीको बढ्छ यौनसुख



सम्भोगका बेला पाउने यौन सन्तुष्टीलाई पैसाले असर पार्ला ? अर्थात् धनी र गरीब मान्छेमध्ये कसले बढि यौन सन्तुष्टी पाउला ? के गरीबले पैसाकै कारण चरम यौनआनन्द बाट बञ्चित हुनुपर्छ ? सामान्य रुपमा बुझ्दा यस्तो हुनैसक्दैन । तर वास्तवमा धनपैसाले मान्छेको यौन आनन्दमा साँच्चीकै असर पूराउँदो रहेछ ।

पछिल्लोपटक गरिएको एक अध्ययनले धनी मान्छेका स्वास्नीहरुले सम्भोगका बेला बढि चरम आनन्द प्राप्त गर्ने गरेको देखाएको छ । अध्ययन अनुसार लोग्ने जति धनी छ उसकी पत्नीले उतिधेरै चरम आनन्द प्राप्त गर्छिन् ।

बेलायतको न्युक्यासल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार महिलाको चरमआनन्दको दर उनको पार्टनरको आयमा निर्भर गर्छ । शोधकर्ताहरुका अनुसार महिलाको चरम आनन्द एकप्रकारको क्रमविकाशको अनुकुलन हो जसमा महिलाले उच्च क्षमता गुणयुक्त पार्टनर रोज्नेगर्छन् र त्यस्ता पार्टनरबाटै खुलेर यौनसन्तुष्टी लिन सक्छन् ।

उक्त शोधका क्रममा उनीहरुले चिनमा गरिएको एक विस्तृत जिवनस्तर सर्भेका तथ्यांकलाई विश्लेषण गरिएको थियो । त्यसक्रममा १५ सय ३४ जना महिलाको तथ्यांकलाई विशेष रुपमा अध्ययन गरियो । जहाँ लोग्नेको कमाइ बढि भएका १ सय २१ जना महिलाले आफुले सम्भोगका बेला सधै चरम आनन्द प्राप्त गर्ने बताएका थिए भने निकै बिरलै मात्र आफुले चरम आनन्द प्राप्त गर्ने गरेको बताउने २ सय ४३ जना महिलाका लोग्नेको कमाइ पनि निकै कम थियो ।

त्यस्तै मध्यमस्तरको कमाइ भएका झण्डै १२ सय जना महिलाले आफुले कहिलेकाहीँ मात्र यौन आनन्द प्राप्त गर्ने बताएका थिए । ‘हुनत महिलाले यौन आनन्द प्राप्त गर्ने विषयलाई विभिन्न जैविक तथा सामाजिक तत्वहरुले प्रभाव पार्छन् तर लोग्नेको कमाइ पनि महिलाको चरमआनन्दमा ठूलो उत्प्रेरक बन्ने गर्छ’, शोधकर्ताहरुको ठम्याइ छ ।

No comments:

Post a Comment